परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।
पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ दीपशिखा इटनी ‘फस्ट रनर अप’, सिसम खतिवडा ‘सेकेण्ड रनर अप’, उज्जवल तामाङ ‘थर्ड रनर अप’, सुयोग भुषाल ‘फोर्थ रनर अप’, प्रनिक थापा ‘फिफ्थ रनरअप’, अनुष्का तामाङ ‘सिक्स्थ रनरअप’ र इभा गुरुङ ‘सेभेन्थ रनरअप’ भए । त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ साम्देन थिङले उपाधि जित्दा कास्वी पुन मगर ‘फस्ट रनर अप’, अफ्रिल राई ‘सेकेण्ड रनर …
विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)
भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो । उनीहरूमाथि सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने छ ।
गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो ।
के हो खास विवाद ?
गायक खरेलले २०६७ …
सन्नी देओलको ऋण अक्षय कुमारले तिर्ने कुराको वास्तविकता
भदौ ६, काठमाण्डौ : बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करोड सम्म पुग्ने भएको छ ।
यसैबीच भारतीय समाचार माध्यममा सन्नी देओलको ऋण तिर्न …
रजनीकान्तको ‘जेलर’को अग्रिम बुकिङ हेर्दा ‘पठान’को रेकर्ड तोड्ने संकेत
साउन २५, एजेन्सी : साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ हलमा रिलिज हुँदैछ। ‘जेलर’को अग्रिम बुकिङलाई हेर्दा यो फिल्मले बक्स अफिसमा कीर्तिमानी कमाइ गर्न सक्ने अनुमान गरिएको छ। फिल्मले अग्रिम बुकिङबाटै ३५ करोडभन्दा बढी कमाइसकेको छ।
रजनीकान्त र तमन्ना भाटिया अभिनित ‘जेलर’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ। यस्तो अवस्थामा ‘जेलर’ले बक्स अफिसमा उत्कृष्ट ओपनिङ गर्ने अपेक्षा गरिएको छ। रिपोर्टहरूलाई आधार मान्दा ‘जेलर’ले तमिलनाडुमा मात्र पहिलो दिन २० करोड ओपनिङ गर्न सक्छ।
पहिलो दिन ‘जेलर’ले विश्वभर ७० देखि ८० करोडसम्म कमाउन सकिने आँकलन गरिएको छ। फिल्मले भारतमा अग्रिम बुकिङबाट करिब २० करोड कमाएको छ …
भारतमा हुन लागेको मिस वर्ल्डको फिनालेमा नेपालकि प्रियंकारानीसँगै ८० देश सहभागि हुने
साउन ४, काठमाण्डौ : भारतमा आयोजना हुन लागेको ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०२३ को फिनालेको मिति घोषणा भएको छ । विश्व सौन्दर्य प्रतियोगितामा सबैभन्दा प्रतिष्ठित मानिने स्पर्धा अब नेपाली क्यालेन्डरअनुसार मंसिर २३ गते अर्थात डिसेम्बर ९ मा हुनेछ ।
फिनालेमा भाग लिन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी एक महिनाअघि नै मुम्बई प्रस्थान गर्ने तय भएको छ । फिनालेको भोलिपल्ट उनी स्वदेश फर्कनेछिन् । ‘सबै मिति तय भएपछि अब हामी प्रतिस्पर्धाको लागि तयारी अवस्थामा छौं,’ मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने ।
प्रियंका पनि यतिबेला …
टेक नारायण चापागाइ (TNC) को “आरती भजन” बजारमा (भिडियोसहित)
एन सन्चार , कावासाेती, असार २९ः
चर्चित लोक तथा दोहोरी गाएक टेक नारायण चापागाइ (TNC) को “आरती भजन” गित बजारमा आएको छ ।
उक्त भजन गितको लय, सव्द शिर्जना तथा आवाज चापागाइकै रहेको छ भने महिला आवाज लक्ष्मि खड्काको रहेको छ ।
सुनिल परियारले एरेन्ज गरेको भजन गितलाइ थ्री स्टार मिडिया प्रा.लि.ले डिजिटल वजारमा ल्याएको हो ।
चर्चित भारतिय हास्यकलाकार ब्रह्मानन्दम ह्रस्व दीर्घ चलचित्रमा नेपाली पण्डितकाे भुमिकामा !
साउथ इन्डियन फिल्मका नामी कलाकार ब्रह्मानन्दमले पहिलो पटक नेपाली फिल्ममा काम गरिरहेका छन् । भारतको हैदराबादमा अवस्थित संसारकै सबैभन्दा ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीमा छायांकन भैरहेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । बुधबार तेस्रो दिनमा छायांकन भइरहेको फिल्मको सेटबाट उनको क्यारेक्टर लुक्स बाहिरिएको छ ।
तस्विरमा ब्रह्मानन्दम धोती-कुर्थासहित ढाका टोपी र निधारमा सेतो चन्दन टीका लगाएर देखिएका छन् । यो लुक्सले फिल्ममा उनी नेपाली पण्डितको भूमिकामा हुनसक्ने अनुमान गर्न सकिन्छ । उनीसँगै तस्विरमा साउथका कलाकार अली राजस्थानी लुक्समा र नेपाली कलाकार रविन्द्र झा धोती-कुर्थासहित पहेँलो गम्छा …
पठान : मोदीको राष्ट्रवाद जोगाउन जासूस बनेका शाहरुख
काठमाडौं । बलिउड अब जासूसी ब्रह्माण्डका फिल्म बनाउन अग्रसरजस्तो देखिन्छ । ‘मिसन इम्पोसिबल’ र ‘जेम्स बण्ड’ले विश्व फिल्ममा छाडेका स्पाइ र स्टाइलको पदचापलाई मुम्बैया फिल्मले पछ्याउँदैछ । आज (बुधबार)देखि हलमा रिलिज भएको ‘पठान’ बलिउडमा स्पाइ युनिभर्सको परिकल्पना गर्ने यशराज ब्यानरको अर्को प्रयत्न हो ।
सलमान खानलाई ‘टाइगर’को रुपमा पेस गरेको यशराजले यसपटक शाहरुखलाई ‘पठान’को जासूसी अवतारमा उभ्याएको छ । ‘रोमान्सका राजा’ शाहरुखले अब एक्सन र स्पाइ फिल्ममा आफूलाई अघि बढाएका छन् । विश्वगुरु बन्ने बाटोमा हिंडेको नरेन्द्र मोदीको भारतले टाइगर र पठानजस्ता जासूसलाई उभ्याएर बलिउडमार्फत विदेश नीतिलाई संरक्षण गर्न सक्ला, यो …
सचेतनामुलक नेपाली टेलिचलचित्र कानुन को ट्रिजर सार्वजनिक ।
सचेतनामुलक नेपाली टेलिचलचित्र “कानुन” काे अफिसियल ट्रिजर / Official Teaser Of Nepali Awarness,(Motivational) Short Movie “Kanun” परिकल्पनाः वालेन्द्र क्षेत्री प्रहरी सहायक हवल्दार नवलपुर संवाद, निर्देशन तथा सम्पादनः निस्चल गौडेल एन सन्चार मिडिया प्राली कावासोती नवलपुर छायाकंनः राजु श्रेष्ठ निर्माणः जिल्ला प्रहरी कार्यालय कावासोती, नवलपुर उत्पादनः एन सन्चार मिडिया प्राली, कावासोती नवलपुर कलाकारहरुः विक्रम डुम्रे, वर्षा पौडेल, सरु सर्मा, ओमकार घिमिरे, शान्ति वाग्ले, बालेन्द्र क्षेत्री, शिखा कुवंर लगायत जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी कमचारी तथा तथा म्यादी शाथीहरु हार्दिक धन्यवादः कार्यालय प्रमुख प्रहरी उपरीक्षकः भुवनेश्वर तिवारी प्रहरी नायव उपरीक्षकः सन्तोष …
सचेतनामुलक टेलि चलचित्र “ए मेयर साब” सार्वजनिक
सामाजिक कथामा आधारित सचेतनामुलक लघुचलचित्र “ए मेयर साब” को अफिसियल भिडियाे सार्वजनिक भएको छ ।
एन सन्चार मिडिया प्रालीको उत्पादन रहेको उक्त चलचित्रमा कथा तथा निर्देशन किस्मत पौडेलको छ । निस्चल गौडेलले चलचित्र निर्माण गरेका हुन भने दृष्य छायांकन राजु श्रेष्ठले गरेका हुन ।
चलचित्रमा किरण सुवेदी, ओमकार घिमिरे, सरु सर्मा, खेमराज भुसाल, अमु गौतम, शान्ति वाग्ले, सगुन भुषाल(सापकोटा), सिता अर्याल, सुस्मा पोख्रेल, इश्वर लोहनी, कपिल पौडेल, रमेश चौलागाइ, सेजल खराल, विजय ढकाल, विशाल वराल लगायत कलाकारहरुको दमदार अभिनय रहेको छ ।
चलचित्रले समाजको चित्र प्रदर्शन गरेको छ । समाजमा पछिल्लो समयका घटनालाइ …
सचेतनामुलक लघुनाटक “ए मेयर साब” काे अफिसियल ट्रेलर सार्वजनिक ।
सामाजिक कथामा आधारित सचेतनामुलक लघुचलचित्र “ए मेयर साब” को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
एन सन्चार मिडिया प्रालीको उत्पादन रहेको उक्त चलचित्रमा कथा तथा निर्देशन किस्मत पौडेलको छ भने निस्चल गौडेलले चलचित्र निर्माण गरेका हुन ।
दृष्य छायांकन राजु श्रेष्ठले गरेका हुन ।
चलचित्रमा किरण सुवेदी, ओमकार घिमिरे, सरु सर्मा, खेमराज भुसाल, अमु गौतम, शान्ति वाग्ले, सगुन भुषाल(सापकोटा), सिता अर्याल, सुस्मा पोख्रेल, इश्वर लोहनी, कपिल पौडेल, रमेश चौलागाइ, सेजल खराल, विजय ढकाल, विशाल वराल लगायत कलाकारहरुको दमदार अभिनय रहेको छ । चलचित्रले समाजको चित्र प्रदर्शन गरेको छ ।
समाजमा पछिल्लो समयका घटनालाइ समेटदै …
सचेतनामुलक तिज गित “चरि जेलैमा २” को म्युजिक भिडियो सार्वजनिक ।
समसामायिक विषयवस्तुमा आधारित तिज गित चरि जेलैमा २ को म्यजिक भिडियो सार्वजनिक भएको छ ।
किस्मत पौडेलको कथाबस्तु तथा निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सम्पादन निस्चल गौडेलको रहेको छ भने दृष्य निर्माण एन सन्चार मिडिया प्रालीले गरेको हो ।
राजु श्रेष्ठको छायांकन रहेको भिडियोमा किरण सुवेदी, सरु सर्मा, ओमकार घिमिरे, प्रकास चापागाइ (पासा) र बाल कलाकार पुष्पाञ्जलीको दमदार अभिनय देख्न पाइन्छ ।
कावासोती नगरपालीका आसपासका क्षेत्रमा छायांकन भएको यस म्युजिक भिडियो एन सन्चार मिडियाका सवै डिजिटल प्लेटफर्महरु बाट बजारमा आएको छ ।
फेसवुकः एन सन्चार मिडिया प्राली
युटुवः एन सन्चार मिडिया प्राली
भिडियो हेर्न तल क्लिक …
‘प्रेम गीत ३’ फिल्मकाे भारत लक्षित पहिलाे टिजर सार्वजनिक
काठमाडौं : ‘प्रेम गीत ३’काे पोस्टरपछि भारत लक्षित अर्को प्रचार सामग्री सार्वजनिक भएको छ। शनिबार फिल्मको नेपाली र हिन्दी भाषा गरी दुई वटा टिजर सार्वजनिक गरिएको हो।
यसअघि मुम्बईमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै भारतका लागि पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। भारतका विभिन्न सहरमा पोस्टर टाँस्दै प्रचार प्रसार थालेको फिल्मको चर्चा टिजर सार्वजनिक भएसँगै बढेको छ।
एक मिनेट लामो टिजरमा मुख्य कलाकार प्रदीप खड्का र कृस्टिना गुरुङसँगै सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउतलगायतका कलाकार देखिएका छन्। जसमा चर्चित डबिङ कलाकार संकेत मात्रे, पूजा पन्जावी, मनोज पाण्डे, आयुषीलगायतले हिन्दी आवाज दिएका छन्।
भारतमा फिल्मका बारेमा …
डार्लिङ्स : बदलाको कथा, जहाँ महिला र पुरुष दुवै पीडित छन्
एक जँड्याहा लोग्ने जसलाई हरेक रात आफ्नी पत्नीलाई कुटेकोमा कुनै पछुतो छैन । पत्नी चाहिं पुरुष हिंसालाई टाउकोमै बोकेरै भए पनि माया दर्शाइरहेकी हुन्छिन् ।
शरीरमा चारैतिर चोट हुँदाहुँदै पनि हरेक बिहान पतिको लागि अम्लेट तयार पार्न पत्नीलाई कुनै समस्या छैन । यो दृश्य भारतीय परिवारमा हरेक बिहान देखिन्छ, तर यसको चर्चा बिरलै हुन्छ ।
डार्क कमेडी फिल्मको लागि घरेलु हिंसाको विषयवस्तु उठान गर्नु पक्कै सजिलो कुरा होइन, तर आलिया भट्ट, सेफाली साह र विजय बर्मा स्टारर फिल्म ‘डार्लिङ्स’ले दर्शकको दिमाग हल्लाउँछ ।
जस्मित के रीनको डेब्यु निर्देशन रहेको फिल्म विचित्र सुनिन्छ र …
आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने
काठमाडौं । अभिनेता आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने भएका छन् ।
आइतबार निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिजसँग उनले ‘सायरा’ फिल्ममा अभिनय गर्नका लागि लिखित सम्झौता समेत गरेका हुन् ।
आगामी असोज महिनाबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुने निर्माण टिमले जनाएको छ ।
रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा आधारित रहेको छ । याे फिल्मको कथा रघुले तयार पारेका हुन् । फिल्मलाई भारतीय फिल्मको निर्देशकले निर्देशन गर्ने छन् ।
‘पानीफोटो’ असफलताको सन्देश : अब गम्भीर होइन, विशेष फिल्म
काठमाडौं । ‘कबड्डी ४’पछि घरेलु बक्स अफिसमा देखिएको संकट तत्कालै थामिने संकेत छैन । अहिले प्रदर्शन भइरहेका दुई फिल्म ‘पानीफोटो’ र ‘म’ले औसत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक छ ।
वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन् । रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि के गम्भीर फिल्मप्रति दर्शकको आकर्षण नभएकै हो भन्ने प्रश्न तेर्सिएको छ ।
‘पानीफोटो’अघि रिलिज भएका उस्तै जनराका दुई फिल्म चिसो मान्छे र दोखले पनि आफूलाई सफल तुल्याउन सकेनन् । ‘पानीफोटो’को अंकगणितीय असफलताले प्रदर्शनको तयारीमा रहेका ‘प्रकाश’ र ‘राधा’तिर पनि प्रश्न …
म्यानमारका दुई मोडललाई १५ वर्षको जेल सजाय
काठमाडौं : म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ। अश्लिल भिडियो पोस्ट गरेको भन्दै मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्षको जेल सुनाइएको हो। उनीहरुलाई संस्कृति र मर्यादालाई हानी पुर्याएको आरोप लगाइएको छ।
उनीहरूले कथित अश्लिल तस्वीर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ। सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जन पूर्ण सामाग्रीमा सेन्सर लगाएको छ।
वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा …
हिउँको पृथ्वी यात्रा : एउटा नवीन प्रयत्न
‘महलमा बसेर हेर्दा र झुपडीमा बसेर हेर्दा बेग्लाबेग्लै देखिन्छ दुनियाँ। महलमा बस्नेहरू बाँध बाँध्न चाहन्छन् नदीमा र बिजुली निकालेर झिलिमिली बनाउन खोज्छन् महललाई। झुपडीमा बस्ने हामीहरू माछा मार्छौं र पाल्छौं आफ्ना पेट ।’
प्रेमी (रविन परियार)सँग नदीमा बाँध्न लागिएको बाँधको विरुद्धमा प्रेमिका (संगीता उराव)ले दिएको तर्क हो यो । नाटकको लगभग उत्कर्षतिरको एउटा दृश्यमा देखिन्छ यो यथार्थमा चुर्लुम्म डुबेको संवाद । शेख अहमद प्रवेज नाटकबारे भन्छन्, ‘प्रकृति पक्षपात गर्दैन। मानवदोहनबाट प्रकृतिमा पर्ने असर र उक्त असरले मानव जीवनमा ल्याउने कठिनाइ भने उपल्लो वर्गमा भन्दा तल्लो वर्गमा बढी पर्छ। नाटकमा यही यथार्थ देखाउने प्रयत्न गरिएको छ।’
नाटक निर्माण र निर्देशन …
‘चपली हाइट ३’ साउन २० गतेदेखि पुन: प्रदर्शन हुने
काठमाडौं । स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको फिल्म ‘चपली हाइट ३’ साउन २० गतेदेखि पुन: प्रदर्शन हुने भएको छ ।
पुस ३० गते प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट–३’ कोरोना संक्रमणको त्रासका कारण भएको लकडाउनका कारण प्रदर्शन भइरहेका बेला रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि पुन: प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न नपाएकाले पुनः प्रदर्शन गर्न लागेको निर्माण पक्षले बताएको छ । फिल्मलाई निकेश खड्काले निर्देशित गरेका हुन् भने फिल्मको निर्माता अर्जुन कुमार हुन् ।
वनमन्त्री यादव फिल्म ‘मुस्कान’मा हिरो बन्दै, रमित ढुंगानाले निर्देशन गर्ने
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने भएका छन् । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।
एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरे ।
उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले …