२७ हजार नगद सहित जुवाको खालबाट कावासोतीमा ५ जना पक्राउ
नवलपुर (कावासोती) । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई नगद २७ हजार भन्दा बढी रकम सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार शनिबार दिउँसो कावासोती २ शान्ति टोलमा प्रहरीले गस्तीको क्रममा चेतनारायण काफ्लेको गर तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २५ हजार ८ सय ६५ रुपैयाँ, भा.रु. ९ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ ।
प्रहरीले कावासोती नगरपालिका वडा नं २ शान्तीटोल ५४ बर्षीय डिल्लीराम पौडेल, ५० बर्षीय अर्जुन कंडेल, कावासोती ५ निवासी ५६ बर्षीय भुपराज चापागाई, कावासोती २ निवासी ३० बर्षीय दुर्गादत्त कंडेल र ५६ बर्षीय ठाकुराम थापालाई पक्राउ गरेको हो ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।
https://www.nsancharonline.com/archives/6775?p=6775कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/6775?p=6775२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/6775?p=6775पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/6775?p=6775दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/6775?p=6775काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/6775?p=6775दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/6775?p=6775कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/6775?p=6775एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/6775?p=6775गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/6775?p=6775चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति