आईसीसी महिला टी-२० विश्वकप: पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै
७ मंसिर, काठमाडौं ।। पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ।
मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जीतको खोजीमा हुनेछ। सोमबार भएको खेलमा नेपाल कमजोर प्रतिद्वन्दी हङकङसँग ६ विकेटले पराजित भएको थियो।
दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ। भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो। प्रतियोगितामा ६ टोली रहेका छन्। जसको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ। ग्लोबल छनोटका दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो। घरेलु टोलीसँग भएको तिन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश