
काठमाडौं । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् । विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान समेत गरिएको छ ।