अमेरिकाको ज्याक्सनमा खानेपानीको चरम अभाव

काठमाडौं । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब १ लाख ८० हजार बासीन्दालाई खानेपानीको चरम अभाव भएको छ ।

अत्याधिक वर्षा र बाढीका कारण भरपर्दो पिउने पानीको पहुँचबाट उनीहरू बञ्चित भएका हुन् । सप्ताहान्तमा आएको बाढीका कारण शहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो । पानी अभाव भएपछि मिसिसिपी राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको छ ।

केही समयका लागि विद्यालय, रेस्टुरेन्ट र व्यापार व्यवसायहरू बन्द गरिएका छन् । तर, स्थानीय बासीन्दालाई प्रशोधन नगरिएको पानी पाइपमार्फत आपूर्ति गरिएको बताइएको छ । नगर र राज्य दुवैले जनतालाई पिउनका लागि बोटलको र ट्याङ्करमार्फत पानी उपलब्ध गराइरहेका छन् ।

ज्याक्सनका बासीन्दालाई पानी उमालेर मात्रै पिउन पनि सल्लाह दिइएको छ । पर्ल नदीको बाढीको पानी उर्लेर सडकसम्म पुग्न थालेपछि पानी प्रशोधन केन्द्र प्रभावित भएको थियो । विज्ञहरूले जलवायु परिवर्तन समस्याका कारण ज्याक्सनमा अति वर्षा जस्ता घटना हुन थालेको बताएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 147 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 35 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *