नवलपुरका १७ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने ।
सञ्जय भट्टराइ, माघ १७। नवलपुरमा १७ हजार किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ ।
प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले बिहिबार आयोजना गरेको कार्यक्रममा जिल्लाभर २ सय ३० विद्यालयका सहित कुल ३ सय २० खोप केन्द्रमा खोप अभियान सन्चालन गरिने प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिए । कक्षा ६ देखि १० सन्चालन भएका २ सय ३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर खोप अभियान सन्चालन गरिने प्रमुख सिंहले जानकारी दिए ।
अभियानमा सबैभन्दा धेरै गैँडाकोट नगरपालिकामा ३ हजार ९ सय ४९ र सबैभन्दा …