+
+
-- Sponsored Ad --

आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

188 पटक हेरिएको
Clock २०८२ चैत्र २०, शुक्रबार २३:१५
-- Sponsored --

२० चैत, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् ।

आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ । एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ । सो घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् ।

घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन ।

संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ ।

घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन भई प्रभावित क्षेत्रमा सुरक्षात्मक व्यवस्था कडा पार्नुका साथै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको र केही समयका लागि सञ्चालन रोकिएको जनाइएको छ । उक्त घटनामा भने मानवीय क्षति भएको छैन । सरकारी अधिकारीहरुले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र अपुष्ट खबर नफैलाउन आग्रह गरेका छन् ।

यसअघि गत फागुनमा इरानको ड्रोन हमलामा परी यूएईमा सेक्युरिटी गार्डको रुपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win