टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
१५ जेठ, काठमाडौं । आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् ।
सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नेपालमा बिक्रम सम्मत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा …
आज १५औँ गणतन्त्र दिवस, विविध कार्यक्रम गरि मनाईदै
काठमाडौं : आज जेठ १५ गते, १५औँ गणतन्त्र दिवस। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस। निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं …
लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाईने
बुटवल। लुम्बिनी प्रदेश सरकारले १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी ३ दिनसम्म मनाउने निर्णय गरेकाे छ ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीका विषयमा जानकारी गराएको हो । ३ दिनसम्म संचालन हुने कार्यक्रममा आज (शनिबार) प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले बुटवलमा खुल्ला दौड प्रतियोगिता गर्ने कार्यक्रम तय भएकाे छ । जेष्ठ १५ गते आइतबार गणतन्त्र दिवसका दिन प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरिने भएकाे छ ।
सोही कार्यक्रमदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्नुहुनेछ। साथै जेष्ठ १६ …