मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्छ : मायाप्रसाद शर्मा
काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । उहाँले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल राष्ट्रिय पुस्तकालयको हेरबिचार गर्नुपर्ने देखिन्छ । धमिरा लागेको छ । धुलोले नष्ट गरेको छ । त्यसको स्थायी रुपले व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँछु । नयाँ उपकरणको व्यवस्थापन …