अनावस्यक एपका कारण टेलिकमको मोबाइलमा समस्या आएको टेलिकमको स्पष्टोक्तिः शंकास्पद एप नराख्न आग्रह ।
काठमाडौँ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
टेलिकमले हिजो (बिहीबार) एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।
यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने …