नया सरकार गठनको पहल लिन देउवालाइ दवाव : जसपा विवाद र माओवादी केन्द्रको अलमलका कारण आफ्नो नेतृत्वमा सरकार निर्माण हुने ठोस आधार निर्माण नभएको देउवाको ठम्याइ
९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नयाँ सरकार गठनको पहल लिन पार्टीभित्र र बाहिरबाट दबाब छ ।
तर, जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद र नेकपा (माओवादी केन्द्र) को अलमलका कारण आफ्नो नेतृत्वमा सरकार निर्माण हुने ठोस आधार अझै निर्माण नभएको भन्दै देउवा अगाडि सरेका छैनन् ।
नेताहरूका अनुसार आफैंले पहल गरेर अगाडि बढिसकेपछि कुनै अवरोध नआओस् भनेर देउवा आश्वस्त हुन चाहिरहेका छन् । सोमबार बसेको पार्टी पदाधिकारीको बैठकले पनि सरकार बनाउन पहल गर्ने विषयमा कुनै ठोस निर्णय गरेन ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको …
माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलायो
२९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।
गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ …