रविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश
पुस २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।
लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ।
पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा …
रविको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने, अदालत आसपास सुरक्षा व्यवस्थामा कडाइ
कावासोती । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार)सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो । सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको बताइन् ।
‘आज फर्स्ट आवरमा जवाफी बहस पनि सकिन्छ र साँझसम्म आदेश आउने अपेक्षा हामीले गरेका छौं,’ उनले भनिन्, । मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका …
चितवन-२ मा रवि लामिछानेको अग्रता काममै
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै रहेको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले १२ हजार ५४० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ३ हजार ५७३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ३ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
अहिले मतगणना जारी छ ।