रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश
कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको उनका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जानकारी दिए।
गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यो आदेश गरेको हो। यस मुद्दाका २ जना अभियुक्त पहिला नै धरौटीमा छुटिसकेका छन्।
पुस २१ गते रविसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। यस मुद्दामा …
सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा दीपेश पुन जेल चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् ।
जिल्ला अदालत रुपन्देहीमा आज शुक्रवार भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर पुनले उक्त रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् ।
न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको छोरा दीपेश कुमार पुनसँग ४ लाख, नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी …