साइबर अपराधीको जालोमा फस्दै बालबालिका : समाधानकाे उपाय के ?
घटना–१ : कक्षा १० मा अध्ययनरत १६ वर्षीया स्मिता थापालाई ६ महिनाअघि विदेशमा रहेका दाइले पढाइमा सहयोग हुने भन्दै मोबाइल पठाइदिए । मोबाइल पाएर स्मिता मक्ख परिन् । नयाँ मोबाइलमा टिकटक, फेसबुक, इन्टाग्राम सबै डाउनलोड गरिन् । आफ्नो फेसबुक अकाउन्टबाट सबै साथीलाई फ्रेन्ड रिक्वेस्ट पठाइन् । केही नयाँ साथी पनि बनाइन् । एक दिन अचानक उनलाई अनमोल केसीको फ्रेन्ड रिक्वेस्ट आयो । आफूलाई एकदमै मनपर्ने हिरोको फ्रेन्ड रिक्वेस्ट आएपछि उनले रिक्वेस्टलाई स्वीकार गरेर साथी बनिहालिन् ।
त्यसपछि उनीहरूबीच च्याटमा कुराकानी हुन थाल्यो । उनलाई तिमी कति वर्षको भयौ, कहाँ बस्छौ ? …