कावासोतीमा ढुङ्गा प्रहार गरेर छोराद्वारा बाबुको हत्या

कावासोती । कावासोतीमा ढुङ्गा प्रहार गरेर छोराले बाबुको हत्या गरेका छ्न ।
कावासोती-५ ठकुरी चोक बस्ने बस्ने ४३ वर्षीय प्रेम कुमाललाई आफ्नै छोरा निराजन कुमालले ढुङ्गा प्रहार गरेर हत्या गरेका हुन ।
घरमा पालेको कुकुरलाई बाबुले पिटेको निहुँमा झैझगडा हुँदा छोराले बाबुलाई ढुङ्गाले प्रहार गरेका थिए । ढुङ्गा ले लागेर घाईते भएका प्रेम कुमालक घटना स्थलमै मृत्यु भएको नवलपुरले प्रहरीले जनाएको छ ।
बाबुलाई ढुङ्गा प्रहार गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या आरोपितको बयान : बलात्कारमा फसाइदिन्छु भनेपछि हत्या गरेँ

दाङ । दाङमा दुई महिलाको हत्या गरेका आरोपमा पक्राउ परेका टेकबहादुर घर्तीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
रोल्पाको थवाङ घर भएका ५८ वर्षीय टेकबहादुरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमले जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर गरेका हुन् । प्रहरीले अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । अब जिल्ला अदालतमा सोमबारदेखि उनको बकपत्र हुनेछ । त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको फैसला गर्ने भन्ने सुनुवाइ हुनेछ ।
अटो चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका टेकबहादुरमाथि गत वैशाख २९ गते सुर्खेत …

नवलपुरमा गर्भवतीको हत्या

७ माघ, कावासाेती । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।

हत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको …

आफ्नै शिशुको हत्या आरोपित पक्राउ

२४ जेठ, काठमाडौं । आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

१४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार भएको र त्यसकै आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरिबाट चन्द्रागिरी नगरपालिका  ढुंगेअड्डा पिपलबोट पक्रेको रेग्मीले बताए ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको छ ।

कपन घटना : निराको हत्याकाे अभियाेगमा पक्राउ परेका विक सार्वजनिक

काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्या गरेकाे अभियाेगमा पक्राउ परेका विनोद विकलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले विकलाई झापाबाट पक्राउ गरेर ल्याएर काठमाडाैंमा सार्वजनिक गरेकाे हाे ।
करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र …

You Missed

चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
विपिन जोशीको मृत्यु पुष्टि, हमासले शव इजरायललाई बुझाउँदै
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न

Primary Color

Secondary Color

Layout Mode