सभापतिको दौडबाट पछि हट्दिन : शशांक कोइराला

२६ भदौ, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताएका छन् ।
शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्‍याए । ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछ’ उनले भने ।

महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताएका हुन् ।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र …

नेपाली काँग्रेसको वडा अधिवेशन आजबाट शुरू, ५६ जिल्लामा तयारी पुर्ण ।

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार)बाट वडा अधिवेशन सुरु हुँदै छ । हिजो (बिहीबार) साँझसम्म ५६ जिल्लाको क्रियाशील सदस्यहरुको सूची काँग्रेसको निर्वाचन समितिले पाएको छ ।
वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ। केन्द्रीय महाधिवेशन मङ्सिरको ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ।
कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। क्रियाशील सदस्यता टुङ्गो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने शर्माको भनाइ छ।
अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको …

कांग्रेसको क्रियाशील विवाद अझै समाधान हुन सकेन, म्याण्डेट सकिएको २ दिनपछि समितिले माग्यो थप समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने जनाएको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो । म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो ।
कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको छ । …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode