काठमाडौं : काठमाडौं महानगरपालिकामा बल्ल आधा मत गणना भएको छ।

एक लाख ९१ हजार १ सय ८६ मत खसेको महानगरमा अहिलेसम्म ९६ हजार ९ सय ४४ मत मात्रै मत गणना भएको छ। वैशाख ३१ गतेदेखि लगातार मतगणना भइरहेको छ। अझै ९४ हजार २ सय ४२ मत गणना गर्न बाँकी रहेको छ । 

यसरी हेर्दा काठमाडौं महानगरको मत गनिसक्न अझै एक साताभन्दा बढी लाग्ने देखिएको छ। हालसम्म स्वतन्त्र उम्मेदवार बालेन साह निकटतम प्रतिस्पर्धीभन्दा १६ हजार मतले अगाडि छन्।

पछिल्लो मत परिणाम अनुसार बालेनले ३५ हजार ३ सय ७४ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन ।