२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् ।
हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।
श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको भिडियो फुटेजहरु सञ्चार माध्यमहरुले देखाएका छन् ।
मुलुकको यो स्थिति आउनुमा राष्ट्रपति गोटावाया राजापाक्षे दोषी रहेको भन्दै प्रदर्शनकारीले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् ।

