पूर्व विश्व सुन्दरी एवं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको सोमबार जन्मदिन । सन् १९७३ को नोभेम्बर १ मा उनी भारतको कर्नाटकमा जन्मेकी हुन् । उनको सौन्दर्यता दुई दशकसम्म बलिउडमा रहँदा पनि उस्तै छ । 

उनले ९ कक्षामा पढ्दादेखि नै विज्ञापन खेल्न थालेकी थिइन् । उनको पहिलो विज्ञापन क्यामलिन पेन्सिलको थियो । उनले सन् १९९३ मा अमिर खानसँग पेप्सीको विज्ञापन गरेकी थिइन् । त्यसपछि आइन् लाइमलाइटमा । 

मिस वल्ड हुनुअघि नै उनलाई फिल्ममा अफर आएको थियो । बोगलाई दिएको अन्तर्वार्तामा उनले मिस वल्ड बन्नुअघि नै उनलाई चार फिल्मको अफर आइसकेको बताइन् । 

फिल्मलाइनमा नजानका लागि नै उनले मिस इन्डियामा भाग लिएकी थिइन् । उनले सन् १९९६ मा मिस इन्डियामा भाग नलिएको भए उनको पहिलो फिल्म राजा हिन्दूस्तानी हुने बताएकी छिन् । 

मेडिकल लाइनमा करियर बनाउन खोजेकी पढन्ते ऐश्वर्याले रोज्न भने आर्किटेक्चर रोजिन् । सन् २००३ को कान्स फेल्टिभलमा जुरीमा सामेल हुने उनी पहिली भारतीय नायिका बनेकी थिइन् । 

उनी आफ्ना ससुरा एवं बलिउडका महानायक अमिताभ बच्चनपछि दोस्रो अभिनेत्री हुन् जसको मूर्ति म्याडम तुसादमा राखिएको थियो । उनले थुप्रै विदेशी भाषाका चलचित्रमा काम गरिसकेकी छिन् । 

उनले सन् १९९७ मा साउथ फिल्म इरुवरबाट आफ्नो फिल्म करियर थालेकी थिइन् । त्यस्तै बलिउडमा बबी देओलसँग और प्यार हो गया बाट करियर थालेकी थिइन् । 

अब उनी साउथ फिल्म पोनियिन सेल्भान वानमा देखिँदै छिन् । उनको विवाह बलिउड अभिनेता अभिषेक बच्चनसँग भएको थियो । उनीहरुकी आराध्यामात्र एक सन्तान छिन् ।