एन सन्चार अर्जुनचाैपारी , वैशाख २९   :  अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तरगतकाे १ महिने व्याग झोला तथा ७ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । गत वैशाख १ गते शुक्रवारदेखी अर्जुनचौपारी गाउँपालिका ६ दरौमा सो कार्यक्रम सुरु भै वैशाख ३१ गते आइतवार सम्पन्न भएको हो भने बाख्रापालन तालिम वैशाख २४ गते सुरु भएको थियो ।

No description available.
वार्ड नम्वर ६ का वडाध्यक्ष नारायण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका उपप्रमुख सपना गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा प्रमुख अतिथि समेत रहनुभएकी गुरुङले सिकेको सिप व्यवहारमा प्रयोग गर्न सके तालिममा सहभागी महिलाहरुको आय आर्जनमा वृद्धि हुने वताउनुभयाे । ‘तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आवश्यक रहेको गुरुङको भनाइ थियो ।

No description available.

१ महिना सम्म सन्चालित उक्त तालिममा झोला वुन्ने तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो भने बाख्रापालन तालिममा २१ जना प्रशिक्षार्थी सहभागी थिए ।

No description available.No description available.

सो तालिमबाट उत्पादित झोला तथा व्यागहरु गाउपालिकाले खरिद गरि वजारिकरण गर्ने अर्जुनचौपारी गाउँपालिका उद्यम विकास शाखा प्रमुख गौरुपा वुढामगरले जानकारी दिनुभयाे ।