२० असार, दाङ । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो ।
त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत गयो । उनले सम्बोधन सकाएलगतै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।

