काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।
‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेनविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
सयलले मेयर तथा महानगरविरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताउनुभयो । उहाँले महानगरपालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताउनुभयो। उहाँले महानगरले जसरी अमानविय रुपमा साना व्यापारीहरुलाई गरेको व्यवहार राख्नुपर्ने बताउनुभयो ।
सयलले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनुभयो । त्यस्तै,अर्को प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर बालेनले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनुभयो। उहाँले मेयर बालेनले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताउनुभयो।
त्यस्तै,बिरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको बताउनुभयो। उहाँले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर बालेनले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गर्नुभएको आरोप लगाउनुभयो।

