एन सन्चार, १३ श्रावण,स्याङ्जा :  यस वर्ष एसईईमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूको एसईई नतिजामा उल्लेख्य शैक्षिक सुधार भएको छ । २०७८को SEE मा आवेदन दिएका २७३ छात्रछात्राहरुमध्ये १ जनाले ३.६-४.० जि.पि.ए.ल्याएका थिए । यस वर्ष २५१ छात्रछात्राले आवेदन दिएकामा ७ छात्रछात्राले ‘ ३.६-४.० जि.पि.ए. ल्याएका छन् । ‘गएको बर्ष ‘३.२-३.६’ जि.पि.ए.ल्याउने छात्रछात्राको संख्या १३ (४.७६%) जना थियो । यस बर्ष ३९ (१५.५३%) पुगेको छ । गएको बर्ष ४४ (१६.११%) जनाले ‘२.८.-३.२जि.पि.ए.मा उत्तीर्ण गरेका थिए । यस बर्ष ४३ (१७.१३%) जनाले ‘२.८.-३.२ जि.पि.ए. ल्याएका छन् । गएको बर्ष ‘२.४.-२.८’जि.पि.ए. ल्याउने विद्यार्थीको संख्या ६३ (२३.११%) थियो । यस बर्ष ६१ (२४.३०%) पुगेको छ ।

 

पालिकाभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सङ्ख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।

शैक्षिक सुधार कसरी भयो भन्नेबारे जानकारी दिँदै अर्जुनचौपारी गाउँपालिका शैक्षिक सुधार कार्यदलका सचिव लाल बहादुर क्षेत्री भन्छन् – ´”नयाँ जनप्रतिनिधिको आगमन सगै शिक्षामा व्यवहारिक ,पेशागत गोष्ठी ,सेमिनार,तालिम र उत्प्रेणात्मक कक्षाहरु क्रमशः नियमित हुदै गरेको तथा पालिका प्रमुखले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ।
शिक्षा विकासको मेरुदण्ड हो भन्ने मान्यता स्थापित हुदै गइरहेको छ।पालिका स्तरीय शैक्षिक सुधार कार्यदल गठन गरि शिक्षामा” task force “को काम गर्ने गरि भुमिका दिएको छ।पालिकाले शिक्षा समितिलाई अर्जुनचौपारिको शिक्षामा अभिन्न अंग मानि अधिकार प्रत्यायोजन गरि शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ।”

शैक्षिक कार्यपात्रो मार्फत् पालिकाभरिका सम्पूर्ण शैक्षिक क्रियाकलापलाई एकद्वार प्रणालीबाट सक्रिय बनाइएको छ।शिक्षामा राम्रो गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरेको छ । प्रत्येक प्रथम त्रैमासिक,अर्ध बार्षिक र वार्षिक परिक्षालाई स्तरिकृत परिक्षामा रुपान्तरण गरिएको छ ।
पढ्ने संस्कृति विकासका लागि “Room To Read “मार्फत् विद्यालयहरुलाई उत्कृष्ट तथा व्यवस्थित पुस्तकालयहरु स्थापना गर्न कार्यारम्भ गरिएको छ।
विद्यालय निरिक्षण मार्फत हरेक विद्यालयहरुको प्रतिवेदन लेख्न लगाई सम्पूर्ण पक्षहरुको जानकारी सहित बिद्यालयहरुको यथार्थ चित्रण गरि उपचारात्मक विधि समेत तर्जुमा गरिएको छ। पालिका प्रमुख प्रकाश तिवारीले अहिलेको शैक्षिक सुधारलाई केबल प्रारम्भिक सुधारको रूपमा लिएको र अझै धेरै गर्न बाकी रहेको बताउनुभयो।