साउन २०, एजेन्सी : स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज ९शनिबार० भएको खेलमा स्पेनले स्विट्जरल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै महिला विश्वकपको अन्तिम आठमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डको इडन पार्कमा भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । स्पेनको जितमा अइटना बोनमाटीले दुई गोल गर्दा, अल्बा रेडोन्डो, लइया कोडिना र जेन्निफर हेर्मोसोले गोल गरे । स्वीट्जरल्यान्डले एक गोल भने उपहारस्वरुप पाएको थियो ।

खेलको पाँचौँ मिनेटमा बोनमाटीले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको ११औँ मिनेटमा स्पेनकी कोडिनाले आत्मघाति गोल गर्दा स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी बनायो । तर, खेलको १७औँ मिनेटमा अल्बाले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाइन् । खेलको ३६औँ मिनेटमा बोनमाटीले गोल गरेपछि स्पेनले ३–१ गोलको अग्रता बनायो ।

खेलको ४५औँ मिनेटमा कोडिनाले गोल गरेपछि स्पेनले स्वीट्जरल्यान्डविरुद्ध पहिलो हाफसम्म ४–१ गोलको अग्रता बनायो । ७०औँ मिनेटमा जेन्निफरले गोल गरेपछि स्वीट्जरल्यान्डविरुद्ध स्पनेले ५–१ को सानदार जित निकालेको हो ।

स्पेनले अब सेमिफाइनल प्रवेशका लागि दक्षिण अफ्रिका नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।