भदौ २२, कावासोती : साउथ कोरियाको टेक कंपनी सामसुङ(SAMSUNG)ले नेपालका ग्राहकहरुकालागि फाईनान्समा पनि आफ्ना मोबाईल लिन सक्ने नयाँ व्यवस्था ल्याएको छ । नवलपुरको कावासोतीमा रहेको शिव मोवाईल सर्भिसका अनुसार सामसुङ कम्पनिले हालैमात्र यो सुविधा पनि दिन सुरु गरेको बताएको हो ।

सामसुङ मोबाईलको आधिकारिक विक्रेता समेत रहेको शिव मोवाईल सर्भिसबाट २५ हजार भन्दा माथिको जुनसुकै सामसङ ब्राण्डका मोबाईलहरु फाईनान्समा पाईने शिव मोवाईल सर्भिस कावासोतीका सञ्चालक शिव पोख्रेलले बताएका छन् । पेख्रेलका अनुसार कम्पनिले नै आफ्ना आधिकारिक विक्रेताहरुलाई २५ हजार भन्दा माथि मुल्य पर्ने जुनसुकै सामसुङ ब्राण्डका मोबाईल शुन्य प्रतिशत ब्याजदरमा ग्राहकलाई दिने नयाँ व्यवस्था नेपालमा पनि सुरु गरेको हो ।
अहिले शिव मोबाईल सर्भिसले सामसुङको ग्यालेक्सि एमफोर्टीन(Galaxy M14- ६ जिबि र्याम सहित १ सय २८ जिबि ईन्टरनल स्टोरेज) देखि ग्यालेक्सि एसट्वान्टिथ्रि(Galaxy S23-१२ जिबि र्याम ५ सय १२ जिबि ईन्टरनल स्टोरेज)सम्मका मोबाईलमा फाईनान्सको सुविधा सहित सर्वसुलभ तरिकाले मोबाईलहरु विक्रि गरिरहेको बताएको छ । यसअगाडि यो सुविधा भारत सहित अन्य देशमा मात्रै रहेको थियो ।


