स्याङ्गजा, माघ ७, एन. सन्चारः स्याङ्गजामा छोरी सहित महिला वेपत्ता भएकी छन ।
भिरकोट गाउपालिका १ वयरघारी वस्ने वर्ष २४ की संगिता परियार गत माघ ५ गते गल्याङ्ग जान भनी १४ महिनाकी छोरी सहित निस्केकी परियार हाल सम्म पनि सम्पर्कमा नआएपछि खोजि गरिदिन पारिवारिक श्रोतले अपिल गरेको छ ।

तस्विरमा दिइएको हुलिया अनुसारको व्यक्ति कहि कतै फेला परेमा नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्वर ९८२८८३१०२ मा फोन गरि जानकारी गराइदिनुहुन परिवारको आग्रह छ ।

