माघ २५, कावासोती ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले यस पटक नेपालि जनताले आफ्नो भाग्य र भविष्य आँफै कोर्ने बताएका छन् । आगामि फाल्गुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि प्रचारप्रसारका क्रममा नवलपुरको कावासोती आएका सभापति लामिछानेले समर्थकहरुलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कावासोतीको फलफुलचोकमा जम्मा भएका आफ्ना नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै लामिछानेले देशैभर सबै भ्रष्टचारीलाई बढार्ने सुनामि ल्याउने दावि गरे । समर्थकहरुको भिडलाई सम्हाल्न गाह्रोपरेपछि गाडिमाथिबाटै सम्बोधन गरिरहेका लामिछानेले नवलपुरमा रहेका भुमिहिन सुकुम्बासिहरुको समस्या वारे समेत आँफुलाई जानकारी रहेको भन्दै अब कुनै पनि पार्टिका नेता कार्यकर्ताले नभई विज्ञहरुको टोलिले ति समस्याहरु समाधान गर्नुपर्ने र त्यसकालागि रास्वपाले छुट्टै विज्ञहरुको आयोग गठन गर्ने समेत आश्वासन बाँडेका छन् । गाडिबाटै केहि मिनेट समर्थकलाई सम्बोधन गरेका लामिछानेले अब भने आउँदो चुनवपछि भेट्ने भन्दै कावासोतीबाट पश्चिम तर्फ लागेका छन् । उनको समर्थनमा नवलपुरको दुवै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु क्षेत्र नं. १ का राजन गौतम र क्षेत्र नं. २ का उम्मेद्वार मनिष खनाल सहित विभिन्न नेता कार्यकर्ताहरुले उपस्थिति जनाएका थिए ।
हेर्नुहोस् भिडियो…

