देवचुली, माधब सुबेदी
नवलपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु भदौ २१ गते हुने भएको छ । देवचुली नगरपालिका वडा नं ४ मा एउटै पदका लागि २ जनाको जुहारी चलेको छ ।
यस वडामा नेपाली काँग्रेसका अध्यक्ष पदका उमेदवार रुपेश विश्वकर्मा र सोहि पदका उमेद्वार दिपेन्द्र थापा क्षेत्री एक आपसमा भोट माग्दै डुल्ने गरेका छन् । यसभेगमा यी दुवै उमेदवार वीच कडा प्रतिश्पर्धा हुने निश्चित देखिएको छ ।
नेपाली काँग्रेसका अध्यक्ष पदका उमेदवार रुपेश विश्वकर्माले पहिले ६ जनाको उमेद्वारमा अहिले २ जना मात्र बाकी रहेको बताउदै जुनसुकै उमेद्वारमा आएतापनि आफनो कामलाई काँग्रेसमय बनाउनुपर्ने बताउनुभयो ।
उहाँले आफनो नगरपालिकामा भएका युवाहरुलाई रोजगारीको सृर्जना गरी अगाडि बढाउने समेत जानकारी दिनुभयो । त्यस्तै अर्का अमेद्वार दिपेन्द्र क्षेत्रीले जो सभापति भएपनि राम्रो काम गर्नुपर्नेमा जोड दिदैं हाम्रोलाई नभई राम्रोलाई भोट दिनुहुन समेत अनुरोध गर्नुभयो ।

