पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरिएको छ ।  चैत ४ गते, आइतबार काे दीन तामझामका साथ प्रधानमन्त्रीबाट घोषणा हुँदैछ ।
यसकै पूर्वसन्ध्यामा पोखराका सडकमा मागी हिँड्नेहरुलाई उठाइएको छ । पोखराका विभिन्न स्थानमा माग्दै हिँड्ने २५ जनालाई प्रहरीले उद्धार गरी मानव सेवा आश्रम तथा बाल आश्रम  पठाएको हो ।
नेपाल प्रहरी र पोखरा महानगर प्रहरीले उनीहरूलाई उठाएको हो । कास्की प्रहरीका अनुसार ९ जना पुरुषहरुलाई मानव सेवा आश्रम हेम्जा,  ४ जना महिलाहरुलाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा लगाई बुझाइएको छ …

राष्ट्रिय परिचय नम्बर अब जन्मदर्ता गर्दा नै पाइने

१ चैत, काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ ।
विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न भन्दै परिपत्र गरेको हो ।
नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न पनि विभागले …

वन र सेवा क्षेत्रमा समेत नेपाली श्रमिक लैजादै काेरिया

१ चैत, काठमाडौं । दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको  छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले  थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको हो । ‘परीक्षा पास …

वार्षिक झण्डै १ लाखले गर्भपतन गराउने गरेकाे तथ्य सार्वजनिक

पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ । महिनावारी भएको पहिलो दिनबाट २८ साताभित्र गर्भमा रहेको विकसित भ्रुण कुनै पनि कारणले बाहिर निस्किने प्रक्रिया नै गर्भपतन हो ।

२०५९ सालमा नेपालमा सुरक्षित गर्भपतनको सेवालाई कानुनी मान्यता दिइएको थियो । त्यसयताको तथ्यांक हेर्ने हो भने सुरक्षित गर्भपतन गराउने महिलाको संख्या केही बढेको देखिन्छ ।

सामान्यतया २ तरिकाबाट गर्भपतन गराउने गरिन्छ । औषधीको सेवन र औजार प्रयोग गरेर गर्भपतनको मुख्य तरिकाहरु हुन् ।यसरी औजारको प्रयोगबाट गरिने गर्भपतनलाई मेडिकल भाषामा मेडिकल क्याक र सर्जिकल क्याक भन्ने गरिन्छ ।
सामान्यतया ८ हप्तासम्मको गर्भ औषधीको सेवन गराई …

नेपालले क्यानडालाई हराउँदा बनेको ३ कीर्तिमान

२७ माघ, काठमाडौं । नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए ।
जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५०  रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च …

गोरखामा भुक्तानी नपाएपछि निर्माण कम्पनीले रोके सडकको काम

१५ पुस, गोरखा । निर्माण कम्पनीले कामको भुक्तानी नपाएपछि जिल्लामा निर्वाचन क्षेत्र सडक अन्तर्गतका योजनाको काम रोकिएको छ ।कार्यालयले भुक्तानी नदिएपछि दुवै निर्वाचन क्षेत्रमा भइरहेको सडक स्तरोन्नतीको काम निर्माण कम्पनीहरुले रोकेका हुन् ।
गोरखा निर्वाचन क्षेत्रनम्बर १ अन्तरगतको गण्डकी गाउँपालिका-५ दर्वुङफाँटदेखि लाकुरीबोट हुँदै दलभन्ज्याङसम्मको सडक कालोपत्रेको जिम्मा पाएको रायमाझी नवकान्तिपुर जेभीले करिब दुई करोड रकम भुक्तानी लिन बाँकी रहेको जनाएको छ ।
भुक्तानी नपाएकै कारण काम अघि बढाउन नसकिएको जेभीका जनक भट्टले बताए । ‘गत वर्ष काम गरेको तीन करोड रकम भुक्तानी भएन, यो वर्षको साउनमा जम्मा एक करोड दियो,’ उनले भने, …

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले परमाणु इन्धनबाट चल्ने रकेट निर्माण गर्दैछ

२०८० पुष १५ गते  भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले परमाणु इन्धनबाट चल्ने रकेट निर्माण गर्दैछ । उक्त रकेटको सुरुआती डिजाइन पनि सार्वजनिक भएको छ ।
यदि आगामी केही वर्षमा उक्त आणविक इन्धनयुक्त इन्जिनबाट चल्ने रकेट निर्माण सफल भएमा भारतले कुनै पनि ग्रहमा कमभन्दा कम समयमा अन्तरिक्षयान उतार्न सक्नेछ ।
न्युक्लियर रकेटको विकाससँगै भविष्यमा चन्द्रमा तथा मंगल ग्रहमा जाने यानमा रहेका अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्किनका लागि कुनै समस्या हुनेछैन । अर्थात् इन्धनको चिन्ता रहने छैन ।
परमाणु इन्धनबाट चल्ने रकेट सौर्यमण्डल बाहिरका सबै मिसनका लागि समेत निकै उपयोगी सावित हुनेछ । किनकि यस्तो खालका डिपस्पेस …

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

२ कात्तिक, काठमाडौं । यू–१९ प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको छ ।
३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक झेल्न सकेन ।
नेपालको लागि यूएसडी यूकेएम ओभलमा बिहीबार पनि स्पिनरको जादु चल्यो । नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए । अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए ।
पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन बनाएको थियो …

You Missed

अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।
याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।
युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मा विविध कार्यक्रमहरू गरिने ।
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक

Primary Color

Secondary Color

Layout Mode