विवाहअघि कुमारीत्वको प्रमाणपत्र देखाउनु पर्ने !

‘तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।’
पहिलोपटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए।
किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे।
इरानमा यस्तो घटना नौलो होइन। त्यहाँ विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। 
विवाहको कुरो छिनेपछि धेरै महिला चिकित्सककहाँ जान्छन् र एक किसिमको परीक्षण गराउँछन् …

सर्पले मार्दैन बरू मान्छे बचाउछ ।

अहो सर्प ! यो सरीसृपको नाम सुन्नासाथ मान्छेको भावभंगी कस्तो हुन्छ ? कान ठाडो हुन्छ, आँखीभौं तन्किन्छ । डर हो वा घिनले, मान्छेको अनुहार खुम्चन्छ । अर्थात् मान्छे ‘सर्प’को नामसँग उल्कै डराउँछन् ।
अब कहीं–कतै सर्प देखिए भने ?

मान्छेले त्यसलाई कुनै हालतमा बाँकी छाड्दैन । कुटीकुटी मार्छ ।

औसत १५ वर्षको आयु लिएर धर्तीमा आएको सर्प यसरी नै मान्छेको सिकार बनेर अल्पायुमै मर्छन् । ठ्याक्कै तथ्यांक छैन, कति सर्पले अकालमा ज्यान गुमाउँछन् । यद्यपि प्रकृतिले दिएको आफ्नो पूर्ण आयु गुजारेर मृत्यु भएको सर्प विरलै भेटिन्छन् । सर्प अनुसन्धानकर्ता कमल देवकोटा यसै भन्छन् …

झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

संसारमा फूल फुल्ने र नफुल्ने गरी दुई किसिमका वनस्पति हुन्छन्। झ्याउ फूल नफुल्ने र बीउ उत्पादन गर्न नसक्ने बिरुवा अन्तर्गत पर्दछ। यो फूल फुल्ने बिरुवा (फेनेरोगेम्स) पछिको सबैभन्दा ठूलो समूह हो। यी बिरुवाहरूमा हरितकोण (क्लोरोफिल) हुने हुनाले आफ्नो खाना आफैं बनाउँछन्। त्यसैले यिनीहरू स्वपोषित (अटोट्रप्स) हुन्छन्।
गर्भधान हुन पानी चहिने भएकोले यसलाई बिरुवा राज्यको उभयचर वनस्पति भनिन्छ। यिनीहरू प्राय:जसो ओसिलो, चिस्यान भएको, छायाँदार ठाउँहरूमा पाइन्छन्। झ्याउ तनाव सहन सक्ने प्रजाति भएकोले यिनीहरू समुद्र बाहेक विभिन्न वातावरणीय अवस्थामा बाँच्दछन्। सुन्दा अचम्म लाग्न सक्छ तर झ्याउको बाँच्ने क्षमता विशाल भएकोले यो मरुभूमिदेखि लिएर …

अत्याधिक रिस उठ्ने बानी छ ? याे पढ्नुस ।

रिस एक किसिमको भावनात्मक अवस्था हो। मान्छेको विभिन्न भावनात्मक अवस्था हुन्छन्। कहिले मान्छे दुःखी हुन्छ, कहिले हाँस्छ, कहिले अत्तालिन्छ त्यो नै रिस एउटा भावना हो। यो सामान्य हो। यो प्राकृतिक हिसाबलेनै उत्पन्न हुन्छ।
हामीले हरेक दिन धेरै कुरा अनुभूति गरिरहेका हुन्छौं। अनुभूति गर्ने क्रममा विभिन्न किसिमको भावनात्मक अवस्था पनि त्यहीँ हिसावले उत्पन्न भइरहेको हुन्छ।
कुनै परिस्थिति अथवा कुनै घटनालाई हामीले आँकलन गर्ने क्रममा अथवा त्यसको अर्थ लगाउने क्रममा आफूमाथि त्यस्तो अन्याय भएको अनुभूति भएमा रिसको भावना उत्पन्न हुनसक्छ।
रिस सबै जनामा हुन्छ। कतिपय अवस्थामा सामान्य र स्वस्थ्य मानिन्छ। किनभने रिस आन्तरिक रूपमा अनुभूति …

सपनाको अर्थ : कस्ताे बेला देखेकाे सपनाले कस्ताे फल दिन्छ ?

सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ ।
ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । अग्निपुराणमा केहि सत्य तथ्य लेखेको पाइन्छ । ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि …

अन्तिम संस्कार गर्दै गर्दा ब्युँझिइन् महिला

अन्तिम संस्कारका लागि लैजादैँ गर्दा कोही व्यक्ति उठेको भन्ने खबर तपाईंले कहिलेकाँही सुन्नुभएको छ होला । करिब एक महिना अघि पेरुमा पनि यस्तै घटना भएको छ । त्यहाँ एक महिला आफ्नो अन्तिम संस्कार हुँदै गर्दा ब्यूँझिइन्  ।
३६ वर्षकी रोसा इसाबेला सेस्पेडेस कैलाका एक भयानक कार दुर्घटनाको शिकार भइन् । २५ अप्रिलमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । दुर्घटनाका बेला उनी टाउको टेकेर भुइँमा लडेकी थिइन् जसका कारण उनको दिमागमा गम्भीर चोट लागेको थियो ।
जानकारीका अनुसार २६ अप्रिलमा उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो । उनलाई कफिनमा राखेर समाधिस्थल लगिँदै …

जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको उर्दी

दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।
दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।  यो चराले आफ्नो गुँड जमिनमा बनाउँछ ।  बिरालोका लागि यो चरा सजिलो शिकार मानिन्छ ।
पछिल्ला दशकमा पश्चिम युरोपमा चराहरूको संख्या तीव्र रूपमा घटेको छ । अधिकारीहरूका अनुसार पछिल्लो आदेश शहरको दक्षिणी भागमा सबै बिरालाहरूमा लागू हुन्छ र आगामी तीन वर्षसम्म निश्चित अवधिमा यो आदेश दोहो-याइनेछ ।
तर, अधिकारबादीहरूले सरकारको आदेशको …

इन्डोनेसियाको बाली, रामायणको ‘हाली मुहाली’

भगवानहरूको टापुका रूपमा परिचित बाली सर्वाधिक मुस्लीम जनसंख्या भएको इन्डोनेसियाको सुन्दर हिन्दु टापु हो। 
नामैले पनि हिन्दुत्व झल्काउने बाली लाखौं मन्दिरको जीवन्त उपत्यका पनि हो। यहाँ रामायण र माहाभारत मात्र होइनन्, हामीले बिर्सिसकेका सुवर्णखा अनि पुतना र गरूडाको याद दिलाउने मूर्तिकला पनि छन्। 
बाली घुम्न यस पटक बागीको साहारा लिइयो। जेठाले गाडीको भाडा केही मंहगो भनेपछि नयाँ गाडीधनीका रूपमा बागी हाम्रो छनोटमा परेको हो। 
सात दिनको बसाइमा चार दिन बागीको सहारा र इसारामा हामीले बाली घुम्यौं। हामीलाई देखेर हो कि सबैको रोजाइ र खोजाइ भएर हो दुई दिने घुमाइ मन्दिर र देवी देवतामै …

मेक्सिको–अमेरिका सिमानामा ड्रग्स तस्करीका लागि प्रयोग भइरहेको रेल चल्ने सुरुङ भेटियो

अमेरिकी अधिकारीले सोमबार ड्रग्स तस्करी गर्ने एउटा उच्च प्रविधियुक्त सुरुङ भेटको जानकारी दिए। यो सुरुङ सीमा क्षेत्रमा निक्कै गहिराइमा मेक्सिकोबाट अमेरिकास्थित एक गोदामसम्म जोडिएको थियो । 
मेक्सिकोको सान डियागोस्थिति टिजुयानाबाट सुरु भएको सुरुङ निक्कै व्यवस्थित रहेको प्रहरी अधिकारीले बताए। सुरुङभित्र रेलमार्ग, भेन्टिलेसन प्रणाली, बिजुलीको व्यवस्था थियो भने त्यसका भित्ताहरू बलियो बनाउने प्रविधि प्रयोग गरिएको थियो । 
यही क्षेत्र वरपर विगत दुई दशकमा एक दर्जनभन्दा बढी सीमा वारपार गराउने उच्च प्रविधि जडित सुरुङ भेटिएका छन्। जहाँ सुरुङ भेटिएको छ, त्यहाँको सतहमा मेक्सिको र अमेरिकाको सिमानाबीच बलियो पर्खाल छ। पर्खालले जमिनबाट थोरै तल बन्ने …

वास्तविक जीवनका ‘गजिनी’ : ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्ति

क्लाइभ वेयरिङ कुनै बेलाका उत्कृष्ट सङ्गीतकर्मी तथा अकेस्ट्रा कन्डक्टर थिए । तर उनलाई हाल ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्तिको रुपमा चिनिन्छ । उनी सबैभन्दा खराब एम्नेसियाद्वारा ग्रसित छन् ।
आफ्नो जीवनको धेरैजसो कुरालाई सम्झन नसक्नु र कुनै पनि नयाँ सम्झनाहरु स्थापित गर्न असमर्थ हुनुको स्थितिलाई के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? केही गर्नु र कसैलाई भेट्नु अनि त्यसपछि त्यो काम वा ती व्यक्तिलाई ७ देखि ३० सेकेन्ड भित्रै बिर्सनु – यस्तो अवस्था कसैले पनि सोच्न सक्दैन । सबैभन्दा दुःखदायी कुरा के भने, खाएको, उठेको, परिवारका सदस्यलाई भेटेकोलगायतका कुरा केही सेकेन्डभित्रै …

कम्बोडियामा पुरुषको यौनाङ्ग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि ….

तीन जना किशोरीले पुरुषको यौनाङ्ग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनाङ्ग जस्तो देखिने नेपेन्थिस होल्डेनी  सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ ।
बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने यो विरुवालाई ‘मांशहारी’ पनि भनिन्छ । एउटा फेसबुक पोस्टमा वातावरण मन्त्रालयले भाइरल भिडियोप्रति संकेत गर्दै लेखेको छ, ‘उनीहरूले जे गरिरहेका छन् त्यो गलत हो र भविष्यमा फेरि  नगर्नुहोस ।  प्राकृतिक स्रोतहरू माया गर्नुभएकोमा धन्यवाद । तर, विरुवा नचुडाल्नुहोस, …

रौँ भएको काखी देखाएर मात्रै यी मोडलले कमाइन् साढे चार करोड

ओन्लीफ्यानकी एक मोडलले आफ्नो रौँ भएको काखी देखाएर मात्रै आफूले दुई वर्षमा  तीन लाख पाउन्ड (लगभग ४ करोड ७० लाख रुपैयाँ) कमाएको दाबी गरेकी छिन् । तर यसले आफ्नो यौन जीवन भने ध्वस्त पारेको उनले जिकिर गरेकी छिन् । ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो । कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन् ।
२८ वर्षकी फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गरिन् । उनीप्रति पुरुषको अपेक्षामा विरोधमा उनले यस्तो गरेको बताइन् ।
केही पुरुषले काखीको रौँ ननिकाल्ने उनको निर्णयको समर्थन गरेका छन् भने कतिले …

डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ

प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ ।
भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो । यस्तो समस्या कसरी निम्तियो भनेर कसैलाई पनि थाहा थिएन किनभने खासै त्यस्तो समस्या कतै पनि देखिएको थिएन । यस्तो समस्या छिमेकी गाउँ कतै पनि देखिएको पनि थिएन । आजित भएका गाउँलेले लोडसेडिङको समय याद गर्न थाले । लोडसेडिङ त सधैँ सूर्यास्त भएको केही घण्टापछि मात्रै हुने गर्दथ्यो । उनीहरुलाई यसमा शंका लाग्यो तसर्थ गाउँलेले अनुसन्धान गर्ने …

डाक्टरले शल्यक्रियापछि पुनः पेटमा राखिदिए बच्चा, २ महिनापछि फेरि जन्मिँदै

संसारमा बच्चालाई स्वागत गर्नु सधैं एक अविस्मरणीय अनुभव हो । विशेषगरी एक नयाँ आमाले आफ्नो सन्तानको आगमनलाई विशेष गरी याद हुन्छ ।
फेसन, सौन्दर्य र जीवनशैली भ्लगर जैडेन एशलियाले १९ हप्तामा उनको नजन्मेको छोरालाई स्पाइना बिफिडा भएको थाहा पाएकी थिइन् । सुरुमा, उनी र उनका प्रेमीलाई ‘कुनै आशा छैन’ भनिएको थियो र उनीहरूको बच्चाको ‘ब्रेन डेड’ हुनेछ भनेर जानकारी दिइएको थियो ।
यद्यपि, अन्य डाक्टरहरूको सल्लाहपश्चात्, दम्पत्तिले ओर्लान्डोमा रहेको ओपन फोटल सर्जरीमा विशेषज्ञता हासिल गर्ने मेडिकल टोली भेट्टाए । ओपन फोटल सर्जरीमा बच्चाको जन्मनु अघि नै शल्यक्रिया हुनेगर्छ ।
यी डाक्टरहरूले जैडेनको बच्चाको …

‘कामै नलाग्ने’ जुत्ताको मूल्य २ लाख ३० हजार

डिजाइनर ब्रान्ड बालेन्सियागाले भर्खरै जुत्ताका यस्ता सिमित संस्करण सार्वजनिक गरेको छ जुन यत्ति फोहोर र काम नलाग्ने छन् कि यसलाई कोही पनि व्यक्तिले सार्वजनिक स्थानमा लगाएको सायदै देख्न सकिएला ।
फेसनमा ‘डिस्ट्रेस्ड क्लोदिङ’ भन्ने अवधारणा हुन्छन्, ती कहिलेकाँही राम्रा पनि देखिन्छन् तर कहिलेकाँही डिजाइनरले अलि धेरै नै दिमाग लगाउँछन् र अचम्मका उत्पादन बजारमा पस्कन्छन् । बालेन्सियागाले आटै गरेर आफ्ना नयाँ उत्पादन बजारमा ल्याएका छन् । बालेन्सियागाले यसअघि कारको म्याटजस्तो देखिने स्कर्ट पनि डिजाइन गरेको थियो । यस्तै कामै नलाग्ने स्वेटर पनि डिजाइन गरेर १,४५० डलर मूल्य तोकेको थियो । यदि कसैले …

अनौठो प्रतियोगिता : निकारागुवामा सबैभन्दा ठूलो ‘बेबी बम्प’ हुने गर्भवती महिलालाई पुरस्कार

मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी–बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ गर्भवती महिलाको सहभागिता रहेको थियो ।  प्रतियोगिताका जजले सबैको बेबी बम्प नापेपछि ५७ सेन्टिमिटर पेट भएको महिलालाई विजेता घोषित गरे । विजयीलाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै धेरै उपहार र पुरस्कार पनि दिइयो ।
९ महिनाकी गर्भवती भइन् विजयी
प्रतियोगिता ९ महिनाकी गर्भवती लेका रेबेकाले जितिन् । रेबेकाको बेबी बम्प ५७ सेमी वा २२ इन्च थियो, जुन प्रतियोगितामा सहभागी हुने कुनै पनि गर्भवती महिलाभन्दा बढी थियो । रेबेकाले जितपछि अवार्डसँगै फ्रिज, बेबी प्रोडक्ट र ५ हजार कर्डोबास (झण्डै १८ हजार नेपाली …

ताजमहलका बन्द २२ कोठाको के छ रहस्य ? जसलाई खुलाउन चलिरहेछ मुद्दा

के संसारको सबैभन्दा चर्चितमध्ये एक स्मारक ताजमहलका बन्द कोठामा कुनै रहस्य लुकेको छ ?अरुलाई जे विश्वास भए पनि उत्तर प्रदेशको इलाहाबाद उच्च अदालतका न्यायाधीशहरूलाई ती कोठामा कुनै रहस्य रहेको विश्वास छैन । तिनले गत विहीबार भारतको सत्तारुढ भारतीय जनता पार्टीका एक कार्यकर्ताले ताजमहलका २२ बन्द ढोका खोल्न माग गरिएको मुद्दा खारेज गरिदिए ।
मुदा दायर गर्ने रजनीश सिंहले ती बन्द ढोका खुले ‘ताज महलको सत्यता’ बाहिर आउने दावी गरेका थिए । यहाँसम्म कि मुद्दा दायर गर्ने सिंहले अदालतमा ती कोठामा भगवान् शिवको मूर्ति रहेको केही इतिहासकारको दावी पनि प्रस्तुत गरेका थिए ।
ताजमहल …

दुई सन्तानको जन्म तर जुम्ल्याहा होइनन् : ५ दिनमा दुईपटक गर्भवती भएकी थिइन् महिला

एउटी आमाले तीनवटा गर्भपतनपछि एउटा चमत्कार महसुस गरिन् ।
३० वर्षकी कारा विनहोल्डले असाध्यै पीडादायी तीनवटा गर्भपतन सहिन् तर उनी पुनः गर्भवती भइन् । खुसीको सीमा रहेन । तर चमत्कार त्यतिबेला भयो जब उनी गर्भवती भएको एक हप्तापछि पुनः गर्भवती भइन् ।
उनको चमत्कारिक गर्भधारण एउटा निकै दुर्लभ घटना हो जसलाई सुपरफेटेशन भनिन्छ । सुपरफेटेशन त्यतिबेला हुन्छ जब गर्भावस्थाको सुरुवाती समयमा नै अर्को गर्भ बस्छ । यो पहिलो गर्भ बसेको केही दिन वा केही हप्ताको फरकमा बस्ने गर्दछ ।
‘मैले डाक्टरलाई ‘के भयो ?’ भनेर प्रश्न सोधेँ । मेरो अर्को बच्चा पहिलो पटक यूएसजी …

फिल्मजस्तो हृदय छुने घटना : बालगृहबाट छुट्टिएका दिदी–भाइबीच ४२ वर्षपछि भेट

सन् १९७० को दशकमा मेरी क्याथरिन नामक महिला कोयम्बटुरमा ‘ब्लू माउण्टेन’ नामक एक बालगृह चलाउने गर्थिन् । त्यही समयमा अयावु र सरस्वती नामका दम्पतीले तिनका दुई बच्चा विजया र राजकुमारलाई बालगृहमा छाडिदिएका थिए । 
पछि सन् १९७९ मा राजकुमारलाई डेनमार्कको एक दम्पतीले धर्मपुत्रका रूपमा स्वीकार्यो । नयाँ अभिभावकले उनको नाम क्यास्पर एण्डरसन राखिदिए । उता राजकुमारकी दिदी विजयालाई अमेरिकी दम्पतीले स्वीकारे र उनलाई डायन विजया कल नाम दिइयो । 
४२ वर्षसम्म दुई दाजु बहिनीले एकअर्कासँग भेटघाट त परको कुरा, दुई जना कहाँ छन् भन्ने पनि थाहा पाएनन् । अहिले आएर डिएनए परीक्षणपछि …

नर्वेमा भेटियो ३,००० वर्ष अघिको संसारकै सबैभन्दा पुरानो जुत्ता

नर्वेमा भेटिएको विश्वकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ । नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो ।
 यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ मा दक्षिण नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा भेटिएको थियो । यो छालाको जुत्ता कुनै महिला वा पुरुषको हुनसक्ने बताइएको छ । यो जुत्तासँग थुप्रै तीर र काठको कोदालो पनि भेटिएको थियो । यसमार्फत् थाहा हुन्छ कि यो इलाका शिकारको …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode