बढ्न थाल्यो कोरोना, साढे तीन महिनापछि फेरि खुल्यो कोभिड अस्पताल

३१ असार, विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि फेरि खुलेको छ । चैत १५ गतेयता बन्द रहेको कोभिड १९ उपचार केन्द्र कोरोना संक्रमित बढेसँगै फेरि सञ्चालनमा आएको छ ।
कोरोना संक्रमित आउन छाडेपछि प्रदेश सरकारले वैशाख १८ गतेदेखि सो अस्पतालमा निशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरेको थियो ।

बिहीबारबाट कोरोना संक्रमित भर्ना लिन थालिएको अस्पतालका फोेकल पर्सन फिजिसियन डा. डेनप्रसाद आचार्यले जानकारी दिए । बिहीबार एक जना विरामी भर्ना भएको अस्पतालमा शुक्रबार एकै दिन १६ जना थपिएका छन् ।

जिल्ला कारागार …

यौन दुर्व्यवहार : पीडित सताउने सामाजिक, कानुनी र न्यायिक संरचना

३१ असार, काठमाडौं । खोटाङकी खानीडाँडा (परिवर्तित नाम) १७ मंसिर २०७१ मा काकाबाट बलात्कृत भइन् । उनी चिच्याउन थालेपछि भाडामा बस्ने अन्य व्यक्तिहरू पनि कोठामा आए र काका झ्यालबाट हामफालेर भागे ।
बेहोश भएकी उनी ब्युँझिंदा थापाथली अस्पतालमा थिइन् । डिस्चार्ज भएपछि उनी प्रहरी वृत्त, ठिमी पुगिन् । तर आफन्तले नै ‘जे हुनु भयो, अब बिर्सिदे, हाम्रा पनि छोरीचेली छन् भोलि विवाह गरेर पठाउनुपर्छ । तेरो कारणले हाम्रा छोरीहरूको पनि विवाह हुँदैन’ भनेर उजुरी नदिन दबाव दिन थाले । पीडामा परेकी उनको पक्षमा आफ्नै परिवार पनि भएन ।

‘मैले उजुरी गरे सम्बन्ध …

मोरङ कारागारमा फैलियो कोरोना, १८ जना अस्पताल भर्ना

३१ असार, विराटनगर  । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता  कोरोना फैलिएको हो ।
कारागार  प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै  मृत्यु भएको छ ।  १८ जना उपचाररत छन् ।

अस्पताल पुर्‍याइएका मध्ये १६ जनालाई  एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट  नेगेटिभ आए पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण छ ।

‘एक सयभन्दा बढी डिग्री ज्वरो आएका बिरामीलाई अस्पताल भर्ना गरिएको हो, भित्र बिरामीको संख्या धेरै छ’ कारागार स्रोतले …

अमेरिकाले फेरि दियो बालिबालिकालाई लगाउने १० लाख ८ हजार डोज कोरोना खोप

३१ असार, काठमाडौं । अमेरिकाले बालबालिकाका लागि कोरोना विरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन उपलब्ध गराएको छ ।
५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।

 

बालबालिकाको नियमित खोप मितव्ययी भएन, ७८ प्रतिशतसम्म खेर

३० असार, काठमाडौं । जन्मने वित्तिकै बालबालिकालाई लगाइने क्षयरोग विरुद्धको ‘बीसीजी’ खोप ७८ प्रतिशतसम्म खेर गएको पाइएको छ ।
बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बीसीजी मात्रै होइन अन्य नियमित खोप पनि लाखौं संख्यामा खेर गएका छन् ।

आर्थिक बर्ष २०७७/७८ मा ‘बीसीजी’ खोप २० लाख ९५ हजार ३९८ डोज (७८.८) प्रतिशत, दादुरा रुवेला ९ लाख २७ हजार ५३३ डोज (४८.३) प्रतिशत, जेई ४ लाख ३६ हजार ४४६ डोज ( ४६.५) प्रतिशत, टीडी ४ लाख १३ हजार ३३३ डोज (३६) प्रतिशत, पेन्टा डीपीटी ४ लाख ६४ हजार १४२ डोज ( २२. २) …

स्वास्थ्य सुरक्षा विधेयक पारित भएकोमा चिकित्सक संघको स्वागत

काठमाडौं । नेपाल चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको छ ।
नेपाल चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गरेर बुधबार प्रतिनिधिसभाले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पारित गरेकोमा स्वागत गरिएको जानकारी दिएको हो ।
विधेयक पारित भएसँगै चिकित्सकहरूलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरूको सुरक्षा हुने विश्वास संघले व्यक्त गरेको छ ।
पारित भएको विधेयकमा कसैले स्वास्थ्य संस्थामा आगजनी गरेमा नीजलाई पुर्पक्षको लागि थुनामा राखी २ वर्षदेखि पाँच वर्ष कैद वा २ देखि ५ लाख रुपैयाँ सम्म जरीबाना …

थप २ सय ६० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो ।
त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

मलेसियामा कोरोना संक्रमित बढ्दो, एकैदिन २३ सय ४५ मा संक्रमण

एजेन्सी । मलेसियामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।
पछिल्लो समय एकै दिन २ हजार ३ सय ४५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यससँगै कोरोना सुरु भएयता हालसम्म कोभिड संक्रमितको संख्या मलेसियामा ४६ लाख ७ सय बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विदेश भ्रमणबाट फर्केका ३ जनामा कोरोेना देखिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूमा परीक्षण गर्दा २ हजार ३ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण त्यहाँ तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८ सय १९ …

सोलुखुम्बुको फाप्लु अस्पतालमा अक्सिजन प्लान्ट जडान

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ ।
प्रदेश-१ को १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि अक्सिजनका लागि खाली सिलिन्डर बोकेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । उक्त प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिन्छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ ।
सोलुखुम्बमा अब अक्सिजनको अभावमा कुनैपनि विरामीले ज्यान गुमाउनु पर्दैन, जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयाे । विद्युत आपूर्ति बन्द हुँदा समेत स्वचालित रूपमा विरामीको बेडमानै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने उहाँले बताउनुभयाे …

थपिए १७७ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो ।
१ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार ४१ जना संक्रमणमुक्त भएका छन् ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ ।

एकैदिन थपिए १२१ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४५ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ७ सय जनाको पीसीआर र १ हजार ३ सय ४५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतबार ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

१०२ जनामा कोरोना संक्रमण पुष्टि

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
 

‘नाइरोबी फ्लाइ’को संक्रमण घातक नभएको चिकित्सकको भनाइ

काठमाडौं । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाइ’ नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था नभएको चिकित्सकले बताएका छन् ।
हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर केशव ढकालले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो ।
ढकालले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिनुभयो । नाइरोबी फ्लाइ किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि संक्रमण देखिने बताउनुभयो ।
शरीरमा नाइरोवी फ्लाइले छुनेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी …

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा.ढकाल

झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए ।

उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो  नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिए । डा ढकालले भने, “छाला रोगको विशेषज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमा भन्दा अलि बढी यसपाली देखिएको हो …

थप ९८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५६४ पुग्‍यो

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । जसमध्‍ये ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एकजनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका …

ओखलढुंगामा अस्पताल निर्माण कार्य सुस्त गतिमा

ओखलढुंगा । एक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने सरकारको योजना ओखलढुंगामा अति सुस्त गतिमा अगाडि बढेको छ ।
जिल्लाका ८ स्थानीय तहमध्ये तीन स्थानीय तहमा अस्पताल निर्माणको काम रोकिएको छ । डीपीआरमा समस्या देखिएपछि मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा अस्पताल भवन निर्माणको काम जग सम्याएपछि रोकिएको हो । स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि आवश्यक मापदण्डअनुसार डीपीआर नभएको भन्दै संशोधन नभएसम्म काम रोक्न लगाइएको छ।
मोलुङ गाउँपालिकामा भ्याटसहित ४ करोड ३२ लाख ६६ हजार रुपैंयाँमा ठेक्का लागेको थियो । मोलुङको डीपीआर गर्ने कम्पनी एवीआर कन्सल्टेन्सीले स्थलगत सर्वेक्षण नगरी कपिपेस्ट डीपीआर गाउँपालिकालाई पेश गरिएको आशंका गरिएको छ …

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५०५ पुगेको छ ।

कोरोनाको चौथो लहरको जोखिम !

२३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो ।

हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएसँगै नेपालमा पनि चोथौ लहर आउने जनस्वास्थ्यविज्ञहरुको आंकलन छ । केही हप्तादेखि दैनिक रुपमा संक्रमणदर दोब्बर रुपमा बढ्नुमा ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ प्रमुख जिम्मेवार रहेको छ ।

पछिल्लो दिनमा नेपाल-भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले …

चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

काठमाडाैं । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ ।
सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् ।
गत वर्षको अन्त्यमा ऐतिहासिक शहर सियानमा एक महिना लामो लकडाउन गरिएको थियो । कोभिडको ओमिक्रोन सव भेरियन्टबाट जोगिन लकडाउन गरिएको चीन सरकारले जनाएको छ । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा पनि देखिएको थियो ।
लकडाउनको अवधिभर पव, क्याफे र …

पशु चिकित्सा विधेयक : स्थानीय तहको अधिकार संघमै राख्ने प्रयास

२१ असार, काठमाडौं । सरकारले पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्तालाई नियमन गर्ने गरी ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ ल्याएको छ ।
प्रस्तावित विधेयकमा पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्ताको दर्ता तथा नियमन गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद् गठन गर्ने उल्लेख छ । परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहने भनिएको छ ।

‘पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरीय एवं मर्यादित बनाउन पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको योग्यता अनुसार नाम दर्ता गर्ने समेतको व्यवस्था गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को स्थापना हुनेछ,’ प्रस्तावित …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode