दीपेन्द्र रेग्मी, मंसिर ११, कावासोती ।
नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी नवलपुरमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । यहि आउँदो मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा एमालेले यस पटक स्पष्ट मापदण्ड लागू गरेको छ । पार्टीले बनाएको नियमअनुसार, सदस्य संख्या अनुसार क्लस्टर छुट्याइको र सोही आधारमा जिल्लाबाट जाने प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । क्लस्टर अनुसार चयन गरिएको प्रतिनिधिले महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने नियम रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १, २ र दलित मुक्ति समाजबाट समेत गरि भूगोल तर्फ जम्मा १५ महाधिवेशन प्रतिनिधि सदस्यकोलागि ७५ जनाले उम्मेद्वारि दर्ता गराएका छन् । बुधबार विहान ८ बजेदेखि दिउँसो २ बजे सम्म मनोनयन दर्ताको समय तय गरिएको थियो भने जिल्लाको ३ ठाउँमा निर्वाचन क्षेत्र तोकिएको अधिवक्ता समेत रहनुभएका जिल्ला पार्टि निर्वाचन विभाग प्रमुख तथा निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो । जसमा क्षेत्र नं. १ मा खुला तर्फ १६ जना, ४० वर्ष मुनियका युवा तर्फ ७ जना र महिला तर्फ ६ जना गरि जम्मा २९ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत चिरञ्जिवि पाठकले रेडियो कावासोतीलाई जानकारी दिनुभयो । त्यस्तै क्षेत्र नं. २ मा खुला तर्फ २४ जना, युवा तर्फ १० जना र महिला तर्फ ८ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
यता दलित मुक्ति समाजबाट १ जना प्रतिनिधिकालागि ४ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत राधा उपाध्यायले बताउनुभयो । त्यस बाहेक केन्द्रिय कमिटि सदस्यबाट ३ जना र लेखा समिति सदस्यबाट १ जना गरि जिल्लाबाट जम्मा १९ प्रतिनिधिले महाधिवेसनमा भाग लिने उपाध्यायको भनाई छ । निर्वाचन अधिकृत सापकोटाले मंसिर १२ गते विहान ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय रहेको र सर्वसहमति हुन नसकेमा मंसिर १३ गते नवलपुर जिल्लामा रहेका जम्मा ७ हजार ६ सय ७३ जना संगठित पार्टी सदस्यले महाधिवेशन प्रतिनिधि छान्नकालागि मतदान गर्ने बताउनुभएको छ ।
नवलपुरको क्षेत्र नं. १ मा ३ हजार ७ सय ४९ जना, क्षेत्र नं. २ मा ३ हजार ३ सय ४६ जना र दलित मुक्ति समाजका ५ सय ७८ जना गरि जिल्लाभर जम्मा ७ हजार ६ सय ७३ संगठित पार्टि सदस्य रहेको सापकोटाको भनाई छ । एमालेले आफ्ना सदस्यलाई पारदर्शी र एकीकृत प्रणालीमार्फत प्रतिनिधि छनोटमा सहभागी गराउन विभिन्न क्लस्टर छुट्याएर यो प्रक्रिया अपनाएको र मंसिर १३ गते साँझ सम्म कुनैपनि अवस्थामा प्रतिनिधि छनौट गर्नैपर्ने केन्द्रीय निर्णय नै रहेको निर्वाचन अधिकृत सापकोटाले बताउनुभएको छ ।
जेन्जि आन्दोलन पश्चात् सरकारवाट वहिर्गमनमा परेको एमालेले आगामि फाल्गुनमा प्रधानमन्त्री शुसिला कार्कि नेतृत्वले घोषणा गरेको प्रतिनिधि सभा चुनावमा भाग लिने समेत निर्णय गरेको अवस्थामा ११ औँ महाधिवेशन हुन लागेको हो ।
महाधिवेशन प्रतिनिधिकालागि क्षेत्र नं. १ को दलदलेमा उम्मेद्वारी दिन पुग्नुभएकि अ.ने.म.संघ केन्द्रिय सदस्य समेत रहनुभएकि सिता पंगेनिले पार्टिले सौहार्दपूर्ण वातावरणमै महाधिवेशन गर्न लागेको भन्दै कुनैपनि व्यक्तिले गरेको गलत कार्यका कारण पार्टिलाई दोष दिनु नहुने बताउनुभएको छ । पंगेनिले केहि व्यक्ति गलत हुँदैमा संगठन गलत हुन नसक्ने भन्दै जनताहरुलाई पनि सत्यता बुझाउँदै पार्टिले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिकोलागि मौका मिलेमा आँफुले समेत कुनै नेतृत्व लिन र उम्मेद्वारको रुपमा जनतामाझ जान सक्ने धारणा राख्नुभयो ।