आरती साह मृत्यु प्रकरण : श्रीमान् र ससुरा पूर्पक्षका लागि जेल चलान

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान् मोतिलाल साह र ससुरा मदन साहलाई पूर्पक्षका ज‍ेल चलान भएका छन् ।
तीन दिनको बहसपछि मंगलबार जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

मृतक आरतीको बुबा विनोदप्रसाद साहले दिएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयको तर्फबाट सुदीप दंगाल, जाहेरवालाको वकिल वरिष्ठ अधिवक्ता चन्द्र शर्मा मैनाली, अधिवक्ता इन्द्रप्रसाद अर्याल, रिङ्कु कुमारी यादव र राधा कुमारीले बहस गरेका थिए । 

प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता विनोद कुमार शर्मा, सुदीप कोइराला, दीपकबहादुर केसी र मदन पाण्डेले बहस …

कपन घटना : निराको हत्याकाे अभियाेगमा पक्राउ परेका विक सार्वजनिक

काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्या गरेकाे अभियाेगमा पक्राउ परेका विनोद विकलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले विकलाई झापाबाट पक्राउ गरेर ल्याएर काठमाडाैंमा सार्वजनिक गरेकाे हाे ।
करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र …

श्रीमान् मृत भेटिए, श्रीमतीसहित चार पक्राउ

श्रीमानको हत्या आरोपमा कैलालीमा श्रीमतीसहित चार जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आइतबार बिहानै घरदेखि ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको  थियो।

शवको अवस्था हेर्दा हत्या गरिएको जस्तो देखिएपछि अनुसन्धानको लागि रमेशकी श्रीमतीसहित अन्य चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।
पक्राउ …

संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक, दाउराको चिर्पटले हानेर मारेको स्वीकारोक्ति

काठमाडौं । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।
लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार गरेका हुन् ।

गालीगलौज सहन नसकेपछि परिवारकै हत्या !

संखुवासभा । जिल्लाको मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की छन् । पक्राउ परेका कार्की नातामा भतिजा हुन् । उनलाई आइतबार सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद गरेको थियो ।
घर नजिकैबाट हथौडा र कपडा भेटिएपछि प्रहरीले लोकबहादुरसँग बयान लिन सुरु गरेको थियो । बयानमा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घरायसी …

किशोरीमाथि सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ

दाङमा तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा  ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।

 

ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको  जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

भरतपुर अस्पतालमा अख्तियारको छापा

भरतपुर । भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छापा मारेको छ ।
बिमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारले छापा मारेको हो ।
अख्तियार हेटौंडाका सुचना अधिकारी बिष्णु सापकोटाको नेतृत्वमा ५ जनाको टोलीले छापा मारेको हो । औषधि खरिद गर्न एउटा कम्पनीलाई ठेक्का सम्झौता गरी अर्को संस्थाबाट औषधि खरिद गरेको भन्ने उजुरी परेको थियो ।
अख्तियारको टोलीले लेखामा छापा मारी कागजपत्र जफत गरेको छ भने स्टोरमा रहेको औषधिको स्टक र बिक्रीको विबरण हेरेको छ । बिमाको औषधि खरिद गर्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिए पनि …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode