थप ९ सय ९४ जनामा कोभिड संक्रमण, पूर्ण खोप लगाउने ५१ लाख नाघे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोभिड–१९ संक्रमण भएको छ ।
९ हजार ८ सय ४० जनामा गरिएको परीक्षणमा ९ सय ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ३ सय ५७ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ६२ हजार ९ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट १२ जनाको मृत्यु भएसँगै कोभिडबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको छ ।
देशभरबाट शनिबार १३ सय ६८ जना डिस्चार्ज हुँदा अहिलेसम्म …

साझेदार राष्ट्रहरुलाई अमेरिकाले कोरोना खोप सहयोग गर्ने

एजेन्सी । अमेरिकाले कोरोनाविरुद्धको एष्ट्राजेनेका भ्याक्सिन अन्य राष्ट्रहरुलाई वितरण गर्ने भएको छ ।
सो खोप आगामी महिना वितरण गरिने अमेरिकाले जनाएको छ । राष्ट्रपति जो बाडडेन प्रशासनमाथि साझेदार राष्ट्रहरुलाई खोप वितरण गर्न दवाव बढेसँगै ह्वाइट हाउसले आगमी महिना खोप वितरण गर्ने जनाएको हो । अमेरिकाले गत महिना पनि क्यानडा र मेक्सिकोलाई चार मिलयिन डोज खोप उपलब्ध गराएको थियो ।
ह्वाइट हाउसका प्रेस सचिव जेन सासाकीले पत्रकार सम्मेलन गरेर ६० मिलियन डोज खोप वितरण गर्ने बताएपनि कुन कुन देशलाई उपलब्ध गराउने हो भन्ने बारे भने नखुलाएको बीबीसीले जनाएको छ । उहाँले अमेरिकी नियामक …

चिनियाँ खोप ‘भेरोसेल’ : काठमाडौंमा कहा कहा लगाइदैछ ?

काठमाडौं । गत चैत २५ देखि दिदै आएको चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगाइने भएकाे छ । भाेलिबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको हो । साेमबार थप चार वटा खोपकेन्द्र नेपाल मेडिकल कलेज जोरपाटी, हिमाल अस्पताल ज्ञानेश्वर, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौँ मेडिकल कलेज सिनामंगलबाट पनि खाेप दिइदैछ ।
 
यता माघ १४ गतेदेखि फागनु …

देवचुलीमा लगाए ३ सय भन्दा बढिले दोस्रो चरणको कोभिड खोप

विशाल बराल ,९, वैशाख देवचुली,  देवचुली नगरपालिकामा ३ सय भन्दा बढि व्यक्तिले दोस्रो चरणको कोभिड १९ खोप लगाएका छन् । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बिरुद्धको दोस्रो चरणको खोप देवचुली नगरपालिकाको दुम्कौली अस्पतालमा दोस्रो खोप लगाइएको हो ।
 
बैशाख ८ गते १ सय ९४ जना र ९ गते १ सय ५५ जना गरि जम्मा ३ सय ४९ जनाले खोप लगाएको देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव शिव पराजुलीले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेका अन्य व्यक्तिहरुले गैडाकोट र कावासोतीको खोप केन्द्रमा पुगेर समेत खोप लगाएको जानकारी …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode