राती फुल्ने बिहानै झर्ने, औषधीय गुणले भरिपूर्ण पारिजात ।
काठमाडौं । राती फुल्ने र बिहानै झर्ने बिरुवा पारिजातको फूल औषधीय गुणले भरिपूर्ण हुन्छ भन्दा तपाईंलाई पत्यार नलाग्ला । तर, जसलाई पवित्र फूलको रुपमा घरघरमा रोपिन्छ यसमा औषधीय गुण भरिपूर्ण हुन्छ ।
पारिजातलाई चमेली फूलसँग तुलना गरिने पारिजात सुन्दरता र सुगन्धका लागि पनि प्रसिद्ध छ । रातमा फूल्ने र बिहानै झर्ने विशेषताका कारण यसलाई ‘क्वीन आफ दी नाइट’ पनि भनिन्छ ।
यो बिरुवाले घर र बगैंचाको सौन्दर्य मात्र बढाउने काम गर्दैन । यसको मिठो सुगन्धले सम्पूर्ण वातावरणलाई ताजगी बनाउन मद्दत गर्छ । नेपालीहरुको घरघरमा रोपिने सुगन्धित पारिजातको औषधीय गुणबारे अनभिग्य हुँदा यतिकै खेर …