प्रतिनिधिसभा विघटनको मुद्दामा सोमवार फैसलाको संभावना, विधायिकी मनसायलाई भुल्न नहुने टिप्पणी

काठमाडौं, असार २७ । दोस्रो पटक प्रतिनिधिसभा विघटन भएसँगै संविधानको धारा ७६ को उपधारा ५ को व्याख्यामा सबैको ध्यान केन्द्रित भएको छ ।
यही धारालाई व्याख्या गर्न ११ दिनसम्म सर्वोच्चमा पक्ष र विपक्षमा बहस भयो । संभवत भोलि सर्वोच्च अदालतले यसबारे फैसला दिने संभावना छ । पेचिलो बनेको उपधाराका ५ को विषयमा संविधान निर्माणका बेला कुन मनसाय र कसरी व्याख्या गरेर लेखिएको थियो त ?
संविधानको धारा ७६ को उपधारा ५ मा ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा …

संसदको शून्य समय : प्रधानमन्त्री र गोकुल बास्कोटाको सुरक्षा चर्चा

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा किन अनुपस्थित हुनुभएको भन्दै प्रश्न गरे।  
प्रधानमन्त्री ओलीले केही समयअघि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला आफूमाथि भौतिक आक्रमण हुन सक्नेतर्फ बडूले आपत्ति जनाउँदै संसदमा अनुपस्थित हुनुको कारण सुरक्षा खतरा वा नैतिक खतरा के हो? स्पष्ट पार्न माग गरे। 
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा सांसद बडूले प्रधानमन्त्रीको सुरक्षा खतराबारे जवाफ मागेका थिए। उनले गृह मन्त्रालयले प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कसरी मिलाइरहेको छ संसदमा जानकारी गराउन पनि माग गरे। 
प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमतामाथि प्रश्न …

प्रतिनिधिसभा बैठक आज बस्दै, जोशीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ ।
यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन् ।
विभिन्न समितिका सभापतिले वार्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपनि सरकारले बिजनेश नदिएको आरोप छ । उता सरकार भने बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने कारण …

प्रधानमन्त्रिलाइ कांग्रेसको प्रस्न : विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?

६ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन भनी सोधेका हुन् ।
असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ उनले सोधे ।
संविधानको रक्षा गर्नु सरकारको पहिलो काम भए पनि ओली नेतृत्वको सरकार बनेदेखि निरन्तर …

शुक्रबारका लागी तय भएको प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं : भोलि (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची तय भएको छ। संघीय संसदको महासचिव  डा. भरतराज गौतमले यो सार्वजनिक गरेको हुन्। 
भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ। 
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रतिनिधि सभा पुनःस्थापनापछि हालसम्म तीन वटा बैठक बसेको छ। राजनीतिक दलको किचलोको कारणले संसद् बैठक अगाडि बढ्न सकेको छैन। 

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode