प्रतिनिधिसभा बैठक आज बस्दै, जोशीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ ।

यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन् ।

विभिन्न समितिका सभापतिले वार्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपनि सरकारले बिजनेश नदिएको आरोप छ । उता सरकार भने बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने कारण देखाउँदै यो अधिवेशन तत्काल अन्त्य गर्ने तयारीमा लागेको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ११, शुक्रबार १२:०२
  • 25 views
विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

  माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

विस्तृत.....

  • २०८१ माघ १०, बिहीबार १०:०४
  • 8 views
कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *