बजेटमा आजदेखि मन्त्रालयगत छलफल

२३ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो ।
मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब …

निजी क्षेत्रले भन्यो, ‘बजेट सकारात्मक’

१५ जेठ, काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को नयाँ बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।
निजी क्षेत्रका तीन ठूला संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बजेट निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्न सफल भएको जनाएको हो ।

बजेटपछि सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकुचित आर्थिक स्थितिमा सरकारले ल्याएको बजेट सकारात्मक नै रहेको बताए । बजेट निजी क्षेत्रको अधिकांश माग सम्बोधन गर्न खोजेको भन्दै गोल्छाले भने, ‘साना ठूलामा उद्योगलाई …

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक …

आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।

ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो ।

सरकारले …

बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुनेछ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/२०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि अध्ययन गर्नका लागि बुधबारको समय छुट्याइएको हो …

You Missed

पूर्वी नवलपरासीबाट गोरखा भ्रमणमा गएको माइक्रो बस दुर्घटना, ९ जना घाइते
विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक
शंकर पोलिक्लिनकमा फाेरडी अल्ट्रासाउन्ड सेवा सुरु
नेपालमा अब नेपालकै फलाम, धौवादी फलाम खानी : नागरिकको उत्साह र उर्जाको खानी
आगोले जलेर घाइते कावासोतीकी बालिकाको उपचारको क्रममा मृत्यु

मनसुन प्रणाली देशभर फैलियो

  • By
  • २०८२ असार ६, शुक्रबार १८:२१
  • 0 views
मनसुन प्रणाली देशभर फैलियो
पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Primary Color

Secondary Color

Layout Mode