बजेटमा आजदेखि मन्त्रालयगत छलफल

२३ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो ।
मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब …

निजी क्षेत्रले भन्यो, ‘बजेट सकारात्मक’

१५ जेठ, काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को नयाँ बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।
निजी क्षेत्रका तीन ठूला संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बजेट निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्न सफल भएको जनाएको हो ।

बजेटपछि सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकुचित आर्थिक स्थितिमा सरकारले ल्याएको बजेट सकारात्मक नै रहेको बताए । बजेट निजी क्षेत्रको अधिकांश माग सम्बोधन गर्न खोजेको भन्दै गोल्छाले भने, ‘साना ठूलामा उद्योगलाई …

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक …

आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।

ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो ।

सरकारले …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode