नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव : सडकका खाल्डा पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् ।
सोमबार बसेको पहिलो बैठकमा साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’

उनले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको मेयर साहले सुनाए ।

नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर …

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खुशीयाली मनाउँदैन : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।
सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं बासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो ।

मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ । हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नु भएको थियो ।

आफूले सपथ लिएलगत्तै मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू र वडा सदस्यहरूलाई सपथ गराउनु भएको छ ।
मेयर साह र उपमेयर डंगोलले महानगरपालिकामा गएर आजै पद बहाली गर्नु हुने भएको छ । अन्य पदाधिकारीहले …

बालेन साहको उदय,राजनीतिक दलहरुलाई गतिलो सवक

काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा केही रोचक परिणामहरु आएका छन् । राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहको जित निश्चित भइसेको छ । यो टिप्पणी लेख्दासम्म उनी गणना गर्न बाँकी मत भन्दा बढीले अग्रता लिइरहेका छन् ।
उता धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भए भने जनकपुर उपमहानगरमा पनि स्वतन्त्र मनोज कुमार साहले जित हात पारे । सुदुर पश्चिमको धनगढी उपमहानगरमा गोपाल हमाल विजयी भए । यी लगायत अन्य केही स्थानीय तहका पालिका प्रमुख र वडाहरुमा स्वतन्त्र उम्मेदवार विजयी भए । राजनीतिमा …

You Missed

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
इरान–इजरायल युद्धले बढायो कच्चा तेलको मूल्य, ब्यारेलको ७७ डलर
मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा झर्नेक्रम रोकिएन
निकुञ्जका नियमावली संशोधन हुँदै, संरक्षण र स्थानीय मैत्री नियमावली आउने
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति,विद्युत्त अवरुद्ध हुँदा सेवा प्रभावमा मुख्य समस्या
कावासोतीमा अन्तर पुस्ता अन्तरसम्वाद कार्यक्रम
चुरे संरक्षण दिवसमा वृक्षारोपण गर्न राष्ट्रपति नवलपुरमा

Primary Color

Secondary Color

Layout Mode