नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव : सडकका खाल्डा पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् ।
सोमबार बसेको पहिलो बैठकमा साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’

उनले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको मेयर साहले सुनाए ।

नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर …

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खुशीयाली मनाउँदैन : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।
सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं बासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो ।

मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ । हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नु भएको थियो ।

आफूले सपथ लिएलगत्तै मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू र वडा सदस्यहरूलाई सपथ गराउनु भएको छ ।
मेयर साह र उपमेयर डंगोलले महानगरपालिकामा गएर आजै पद बहाली गर्नु हुने भएको छ । अन्य पदाधिकारीहले …

बालेन साहको उदय,राजनीतिक दलहरुलाई गतिलो सवक

काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा केही रोचक परिणामहरु आएका छन् । राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहको जित निश्चित भइसेको छ । यो टिप्पणी लेख्दासम्म उनी गणना गर्न बाँकी मत भन्दा बढीले अग्रता लिइरहेका छन् ।
उता धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भए भने जनकपुर उपमहानगरमा पनि स्वतन्त्र मनोज कुमार साहले जित हात पारे । सुदुर पश्चिमको धनगढी उपमहानगरमा गोपाल हमाल विजयी भए । यी लगायत अन्य केही स्थानीय तहका पालिका प्रमुख र वडाहरुमा स्वतन्त्र उम्मेदवार विजयी भए । राजनीतिमा …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode