शशांकको क्षेत्रमा कांग्रेसलाई हराउने एमालेका २८ वर्षे दीपेन्द्र

११ जेठ, चितवन । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए ।
डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यसबेला उनले सरकार र जनता बीचको सम्बन्धमा ठूलो खाडल देखे ।

गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छट्पटी भयो । उनलाई गाउँलेका निर्दोष मनहरुले प्रश्न सोधेको अनभूति हुन्थ्यो, ‘के तिमी हाम्रो जुनी बदल्ने कुनै काम गर्न सक्छौं …

महानगर र उपमहानगरमा कुन पार्टीले कहाँ जिते? मतसहित

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन भएको १३ औं दिन पश्चात् ७ सय ४७ स्थानीय तहको निर्वाचनको नतिजा  सार्वजनिक भएको छ। यसैबीच महानगर र उपमहानगरको नतिजा पनि सार्वजनिक भएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजयी भएपनि घोषणा हुन् बाँकी छ। 
यी बाहेक देशभर रहेका ६ मध्ये ५ महानगर र ११ उपमहानगरको नतिजा सार्वजनिक भएको छ।  जसमा  नेपाली कांग्रेसले २ महानगरसहित ५ प्रमुख जितेको छ। नेकपा एमालेले तीन उपमहानगरमा प्रमुखमा विजयी भएको छ।  नेकपा माओवादी केन्द्रले एक महानगर एक उपमहानगरमा प्रमुख जित हासिल गरेको छ। 
नेकपा एकीकृत समाजवादीले एक महानगर र …

सधैँ नगरवासीलाई शिरमा राखेर काम गर्नेछौँ : चिरिबाबु

काठमाडौं : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम अगाडि बढाउने बताएका छन्। बुधबार जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर काम गर्ने बताए।
नगरप्रमुखमा पुनः निर्वाचित  उनले भने,‘हामी जे काम गछौँ,टिम वर्कको रूपमा अघि बढ्नुपर्छ,नगरवासीलाई शिरमा राखेर काम गर्दा सफल हुनेछौँ।’
उनले आफूबाट कुनै पनि पक्षपात नहुने प्रतिबद्धता व्यक्त गरे।
‘हिजोको दिनमा पनि यो पाटी, त्यो पाटी भनेर कुनै पक्षपात गरिनँ। त्यसै कारण अघिल्लो चुनावमा भन्दा यस पटक ६० गुणा बढी भोटले अहिले जितेँ। मेरा तर्फबाट कुनै अब पनि पक्षपात व्यवहार गर्दिनँ, तेरो मेरो भनेर कसैलाई काखा पाखा लाउँदिनँ,यो …

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित

११ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए ।

मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् ।

उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।
उपमेयरमा राप्रपाकी रन्जनाकुमारी …

काठमाडौंमा ५० हजार बढी मतका साथ बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत  मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ।
पछिल्लो मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत प्राप्त गरेर अग्रता अग्र स्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै, ३० हजार १५ मतसहित केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । बालेन साह सिर्जना सिंह भन्दा १९ हजार २ सय ६३ मतले अगाडि हुनुहुन्छ ।

अहिलेसम्म करिब १ लाख ५३ हजार मत गणना भइसकेको छ। अब ३७ हजार ७ …

भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल विजयी

नवलपुर : भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा पाँचचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्।
दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९  मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  छ।
यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे। दाहाल २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको …

अल्लाहको प्रार्थना र स्वस्ती वाचन गरेर पदभार ग्रहण

९ जेठ, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको दुवा (अल्लाहको प्रार्थना) र हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गरेका छन् ।
वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ग्रहण गरे । अध्यक्ष मुसलमानले कुर्सीमा बस्नुपूर्व मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका मौलाना मोहम्मद तारिखले दुवा गरे भने मायादेवी १ का पुरोहित जनार्दन मिश्राले स्वस्ती वाचन गरे ।

त्यसैगरी उपाध्यक्ष सरस्वती यादवले पनि अध्यक्ष मुसलमानले जस्तै मौलानाबाट दुवा र पुरोहितबाट स्वस्ती वाचन गराएर पदभार ग्रहण गरिन् ।

‘अध्यक्षसहित …

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ।
सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ । नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ। एमालेले २ सय १२ उपमेयर जितेकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र १ सय १६ पालिका मेयरमा विजयी हुँदा १ सय २० उपमेयर जितेको छ।

जनता समाजवादी पार्टी (जसपा) ले २३ पालिका मेयर जितेको छ। जसपाले २३ उपमेयर जितेकाे छ। नेकपा एकीकृत …

You Missed

अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।
याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।
युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मा विविध कार्यक्रमहरू गरिने ।
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक

Primary Color

Secondary Color

Layout Mode