रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको उनका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जानकारी दिए।
गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यो आदेश गरेको हो। यस मुद्दाका २ जना अभियुक्त पहिला नै धरौटीमा छुटिसकेका छन्।
पुस २१ गते रविसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। यस मुद्दामा …

सहकारी पीडितको गुनासो- हाम्रा विरुद्धमा अदालतको आदेश आयो

२५ पुस, काठमाडौं । कास्कीको सूयदर्शन सहकारीका पीडितहरूले अदालतको आदेश आफूहरूको विरुद्धमा आएको बताएका छन् ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेश आफूहरूले सोचेकोभन्दा फरक आएको पीडितहरूको गुनासो छ । ‘आज अदालतको आदेश पीडितहरूको विरुद्धमा आयो । हामीले सोचेको भन्दा विपरीत आयो,’ सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीलाई यो देशमा साँच्चै न्याय छैन कि, पीडितहरू सधैँ पीडित नै भइरहने हो कि, पीडितले कहिल्यै न्याय नपाउने हो कि भन्ने भयो ।’
सूर्यर्दशन सहकारी प्रकरणका प्रतिवादीमध्ये रवि लामिछाने, …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode