तीन कसुरमा रवि लामिछानेलाई दोषी किटान

पोखरा, पुस १ गते । जिल्ला प्रहरी कार्यालय, कास्कीले लामो अनुसन्धान प्रक्रियापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेमाथि मुद्दा चलाउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।

कास्की प्रहरी प्रमुख एस पी श्याम ओलिका अनुसार सोमबार प्रहरीले आफ्नोतर्फबाट भएको अनुसन्धानको निष्कर्ष,आवश्यक प्रमाण तथा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । रवि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा दोषी भएको जिकिरसहित प्रतिवेदन बुझाएको प्रहरीको भनाइ छ।

 
रवि गएको कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्। पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविसहित …

सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ

९ कात्तिक, काठमाडौं। सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा पनि शेयरधनी छन् ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय , कास्कीमा पठाइएको बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी …

सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा दीपेश पुन जेल चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् ।
जिल्ला अदालत रुपन्देहीमा आज शुक्रवार भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर पुनले उक्त रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् ।
न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको छोरा दीपेश कुमार पुनसँग ४ लाख, नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी …

You Missed

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
इरान–इजरायल युद्धले बढायो कच्चा तेलको मूल्य, ब्यारेलको ७७ डलर
मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा झर्नेक्रम रोकिएन
निकुञ्जका नियमावली संशोधन हुँदै, संरक्षण र स्थानीय मैत्री नियमावली आउने
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति,विद्युत्त अवरुद्ध हुँदा सेवा प्रभावमा मुख्य समस्या
कावासोतीमा अन्तर पुस्ता अन्तरसम्वाद कार्यक्रम
चुरे संरक्षण दिवसमा वृक्षारोपण गर्न राष्ट्रपति नवलपुरमा

Primary Color

Secondary Color

Layout Mode