२० असार, ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथमै वृक्षारोपण गरेको छ ।
महानगरका मेयर चिरिबाबु महर्जन र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।
सातदोबाटो शसस्त्र प्रहरी क्याम्प पछाडिको भर्खरै बनेको फुटपाथको बीचमै वृक्षारोपण भएको हो ।

