१० श्रावण, नवलपुर : पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं ५ खालिवन स्थायी घर भएकी करिव ५२ वर्षिय माया सेन ठकुरी करिव २ हप्तादेखी वेपत्ता भएकी छिन ।
पारिवारिक श्रोतका अनुसार सुस्त मनस्थितीकी उक्त महिला गत असार २७ गते विहान भरतपुर महानगरपालिका वडा नं ८ चितवन बाट हराएपछि हालसम्म पनि फेला पर्न नसकेको वुहारी नविना आलेले जानकारि दिइन ।
गत बैसाख १९ गते चितवन नविनाको घर आएकी माया लाइ घर पठाउने गाडीको व्यवस्था गर्दै गर्दा २७ गते विहानै केही खबर नगरी घरबाट निस्कियको र हालसम्म कहि कतैबाट पनि सम्पर्कमा नआएको वुहारी नविनाले वताइन ।
हराइसकेपछि सवै आफन्तहरु मिलेर खोजतलास गरेको तथा प्रहरीलाइ समेत जानकारी गराएतापनि हालसम्म कहि कतैबाट खवर नआएपछि मिडियाको माध्यमबाट खोजि गरिदिन पारिवारिक श्रोतले आग्रह गरेको छ ।
समाचार मा दिइएको फोटो तथा विवरण मिल्ने अनुहार तपाइहरुको घरनजिक कतै फेला परेमा निम्न नम्वर तथा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन समेत पारिवारिक श्रोतको आग्रह छ ।
कहि कतै यि महिला फेला परेमा निम्न नम्वरहरुमा सम्पर्क गरिदिनुहोला या नजिकको प्रहरि चौकीमा खबर गरिदिनुहोला ।
९८४७०५९५६२,
९८०९२८३५१०,
९८२५४५२९७१

