देवचुली, माधब सुवेदी
१२ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आएको सेन्ट्रल कलेजले विदेश जाने विद्यार्थीहरुलाई छुट दिने घोषणा गरेको छ । सेन्टर कलेजले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट दिने घोषणा गरेको हो ।
कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल ‘वाइवी’ले भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुरा घोषणा गर्नुभयको हो । यस्तै दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा बाहिर घर भएर चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने उनले बताउनुभयो ।
उहाले कलेजले विदेश अध्ययन गर्न जान चाहाने खेलाडीहरुलाई पनि बिशेष छुट प्रदान गर्ने र जेहेनदार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विभिन्न युनिभर्सिटी र कलेजमा स्कलरसिपमा अध्ययनका लागि पठाइने बताउनुभयो ।
१२ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय सेन्ट्रर कलेजले उच्च शिक्षाका लागि जापान जान चाहेका विद्यार्थीलाई शैक्षिक परामर्श र भिजा प्रोसिङ गर्दै आएको कलेजले हाल अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, युरोप, दक्षिण कोरिया लगायतका देशमा समेत विद्यार्थीलाई जान सहजीकरण गर्दै आएको छ ।
कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

