२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक जारी छ ।

पार्टी कार्यालय बसुन्धारामा ११  बजे बाट बैठक  सुरु भएको हो । । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे बैठकमा छलफल हुने बताइएको छ ।

सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ ।

सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ ।

ढाका कुमारले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन् ।

उनीसँग सम्बन्धित दोस्रो अडियो पनि सार्वजनिक भइसकेको छ ।  उक्त अडियोमा पहिलो अडियोबारे अर्का व्यक्तिमार्फत उनले व्यवसायी दुर्गा प्रसाईंसँग कुरा गर्न खोजेका छन् ।