२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक जारी छ ।
पार्टी कार्यालय बसुन्धारामा ११ बजे बाट बैठक सुरु भएको हो । । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे बैठकमा छलफल हुने बताइएको छ ।
सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ ।
उनीसँग सम्बन्धित दोस्रो अडियो पनि सार्वजनिक भइसकेको छ । उक्त अडियोमा पहिलो अडियोबारे अर्का व्यक्तिमार्फत उनले व्यवसायी दुर्गा प्रसाईंसँग कुरा गर्न खोजेका छन् ।

