एन सन्चार कावासाेती, चैत २९ः स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको विस्तारित आम भेला सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष आत्मराम चापागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रम सस्थाका अन्य पदाधिकारी सहित आमन्त्रीत व्यक्तित्वहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सम्वोधन गर्दै अध्यक्ष चापागाईले थातथलो स्याङ्गजा अर्जुनचौपारी भइ हाल नवलपुरका विभिन्न स्थानहरुमा वसोवास गरिरहनु भएका स्यागंजाली भाइबन्धुहरुलाइ समेटेर हरेक सामाजिक क्रियाकलाप हरुमा सहभागी हुन अभिप्रेरित गर्ने पुजा आजा, मृत्यु सस्कार लगायतमा सहभागीता जनाउने आपत विपदमा परेका हरुलाइ सस्थागत तरिकाबाट सहयोग जुटाउने लगायत विविध कार्यहरुमा सस्था अग्रसर रहने मा विस्वस्त पार्नुभयो ।

सस्थाको वुधवार सम्पन्न वैठकले नया सदस्यता थप समेत गरेको छ । विधान अनुसार अर्काे बैठक अर्थात आम भेला आगामी २०८० साल बैसाख २९ गते शुक्रबार आयोजना गरि सो भेलाबाट नया कार्यसमिती समेत चयन गर्ने निर्णय समेत गरेको छ ।

सस्थाका कोषाध्यक्ष लेखनाथ तिवारीले सस्थाको हालसम्मको आय व्यय तथा सस्थाको उदेस्य भावी योजनाका विषयमा प्रस्ट पार्नुभएको थियो भने कार्यक्रमको सन्चालन सचिव वेद प्रकास काफ्ले गर्नुभएको थियो ।

साविक स्याङ्गजा जिल्लाको अर्जुनचौपारी गाउपालिका बाट वसाइ सरि नवलपुर जिल्लाको विभिन्न स्थानमा वसोवास गर्नुहुने भाइबन्धुहरुलाइ एकत्रित गरि सस्थागत तरिकाबाट विविध कार्यक्रमहरु सन्चालन, सामाजिक सेवा , आपत विपदमा सरसहयोग लगायत कामहरुमा सहजताका लागी यस सस्थाले काम गर्दै आइरहेको छ ।


